TODAY'S CARTOON

banner

कुल चन्द्र गौतम

कुल चन्द्र गौतम मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउंमा जन्मनुभए को हो/ श्रीगौतमकी धर्मपत्नी बिनता,कलाकार छोरी सुश्री ज्योत्स्ना द्यु सिएल र खेलकुद बिशेषज्ञ छोरा बिप्लव गौतम हुनुहुन्छ।

श्री कुल चन्द्र गौतम संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव र युनिसेफका उपकार्यकारी  निर्देशक हुनुहुन्छ। वहां सामाजिक र आर्थिक विकाश, मानव अधिकार र वालकल्याण संबन्धि  विशेषज्ञ हुनुहुन्छ।

 संयुक्त राष्ट्रसंघको तीन दशकभन्दा लामो र गरिमामय सेवागर्नुभएका श्री गौतमले वहांको कार्यकालमा विश्वका सरकारी र गैरसरकारी शीर्ष नेताहरू र अन्तर्राष्ट्रिय संघसंस्थाका उच्च पदाधिकारीहरूसंग भेटवार्ता र सम्झौता गरेर विकाशनिर्माण, मानव कल्याण, वालअधिकार इत्यादि क्षेत्रमा नीतिनिर्धारण गर्न, उक्त नीतिहरुको कार्यान्वयनको लागि योजना तर्जुमा गर्न र आर्थिक श्रोत जुटाउन सरीक हुनुभएको थियो।

 अन्तर्राष्ट्रियस्तरमा वहांले संयुक्त राष्ट्रसंघका महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, युनिसेफको कार्यकारी बोर्ड जस्ता सर्वोच्च निकायको काममा योगदान दिनुकोसाथै, युनिसेफले सहयोग गर्ने १५० भन्दा बढी विकासोन्मुख देशका कार्यक्रमको पनि वहांले रेखदेख, नीतिनिर्धारण, मुल्यांकन र नीरिक्षण गर्नुहुन्थ्यो।

 संयुक्त राष्ट्रसंघको तर्फबाट बिभिन्न देशको स्थानिय, राष्ट्रिय र क्षेत्रियस्तरमा बिकाश कार्यक्रमको नीतिनिर्माण र कार्यान्वयनगर्ने काममा पनि वहां निकै अनुभवी र कृयाशील हुनुहुन्थो। युनिसेफको सेवामा वहांले क्याम्बोडिया, इन्डोनेसिया, लओस, हाइटी, भारतजस्ता देशमा अधिकृत देखि कार्यालय प्रमुख, निर्देशक र संस्थाका देशव्यापि प्रतिनिधिको कार्यभार पनि दक्षताका साथ सम्हाल्नु भएको थियो।

 ल्याटिन अमेरिका तथा क्यरिबियन क्षेत्रका प्रमुख; एसिया र प्रशान्त क्षेत्रका निर्देशक, तथा युनिसेफ मुख्यालयमा योजना, समन्वय र कार्यक्रम विभागका निर्देशक समेत हुनुभएका श्री गौतमले सन् १९९० मा संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्वइतिहासमै सबभन्दा ठुलो राष्ट्रप्रमुखहरुको भेला "बालकल्याण सम्बन्धि शिखर सम्मेलन" को घोषणापत्र र कार्ययोजानाको मस्यौदा तयारगर्ने अभिभारा पनि सम्हाल्नु भएको थियो।

 पछिफेरि सन् २००२ मा संयुक्त राष्ट्रसंघ महासभाको बालबालिका सम्बन्धि उच्चस्तरिय महाधिबेशन सम्पन्न गराउनमा पनि वहांले महत्वपूर्ण नेत्रित्व गर्नुभएको थियो। यी दुबै शिखर सम्मेलनमा ७० भन्दा बढी राष्ट्रप्रमुख, सयौं बालअधिकार बिशेषज्ञ, नागरिक समाजका नेता, विश्वप्रख्यात कलाकार र नोबेल पुरष्कारपाउने प्रतिष्ठित व्यक्तित्वको समेत सहभागिता थियो।

 श्री गौतम बिभिन्न अन्तर्राष्ट्रिय बिकाससंस्था, सार्वजनिक र नीजिक्षेत्रका साझेदारीसंस्था आदिका बोर्डका सदस्य र अध्यक्षसमेत हुनुहुन्थो - जस्तोकि मातृ नवजात शिशुस्वास्थ्यको साझेदारि (Partnership for Maternal, Newborn and Child Health (PMNCH); खोपाइ र बालस्वास्थ्य सम्बन्धि विश्वव्यापि सांठगांठ (Global Alliance for Vaccines and Immunization (GAVI); अल्पपौष्टिक आहार निवारण परियोजना (Micronutrient Initiative (MI) र Global Alliance for Improved Nutrition (GAIN); बालकल्याण प्रवर्धनका लागि विश्वधर्मको सन्जाल (Global Network of Religions for Children (GNRC); अन्तर-धार्मिक नैतिक शिक्षा परिषद (Inter-faith Council for Ethics Education), इत्यादि।

 वहांले बचपनमा "बालकवि" देखि, विश्वबिख्यात अभिनेत्री अड्रे हेपबर्नको नामबाट परिचित मानवीय पुरष्कार (Audrey Hepburn Humanitarian Award) जस्ता बिभिन्न सम्मान पदक पनि पाउनुभएकोछ।

 उच्चशिक्षा र ब्यावसायिक कामको शिलशिलामा चार दशकसम्म देशबाहिर रहेतापनि श्रीगौतमले मातृभूमि नेपालको बिकाशका सम्बन्धमा सधै गहीरो चाख राखिरहनुहुन्छ।

 संयुक्तराष्ट्रसंघको सबभन्दा उच्च पदमा रहेको नेपालीको नाताले उहाँले द्वन्द्वकालमा नेपालको शान्तिप्रकृयामा सहयोगगर्न संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समूहलाई प्रभाव पार्न ठूलो प्रयास गर्नु भएको थियो ।

 उहाँले नेपालमा भएको हिंसा, हत्या र मानवअधिकार उल्लघनको विरुद्ध शाहस र निर्भिकताकासाथ जोडदार आवाज उठाउनुभएको थियो र नेपालका सबै दलका नेताहरुलाई अनौचारिक रुपमा सम्पर्क गरि शान्तिप्रकृयामा सरिक हुन आग्रह गर्नु भएको थियो।

 नेपालमा शान्तिसुरक्षा, सामाजिक न्याय, मानविय बिकास र द्वन्द पछिको पुनर्निर्माण र बिकासकोलागि एक बृहत र महत्वाकांक्षी योजानाको तर्जुमा गर्नेबारेमा वहांले धेरै लेखहरु लेख्नुभएकोछ, बक्तब्य दिनुभएकोछ र त्यसबारेमा आफुले सक्दो सहयोग गर्ने इच्छा र कटिबद्धता पनि ब्यक्तगर्नुभएको छ ।  

 ब्यक्तिगतरुपमा वहांले स्थानीयस्तरमा आफ्नो गाउं, जिल्ला र आफुले पढेका बिद्यालयहरूलाइ आफुसक्दो सहयोग पनि गर्दै आउनुभएकोछ।

 

श्रीगौतमले आफ्नो उच्चशिक्षा अमेरिकाको डार्टमथ कलेज र प्रिन्स्टन विश्वबिद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक बिकाश र आधुनिकिकरण बिषयमा हासिलगर्नुभएको र हार्वर्ड विश्वबिद्यालयमा पनि पठनपाठन गर्नुभएको थियो।

PERSONALITY

- (कालिदास दाहाल)श्री श्री १००८ श्री बाबा कालिदास जी महाराज श्री कृष्णानन्द परमहन्स
- भक्तराज आचार्य
- हरिवंश आचार्य
- कुन्ति मोक्तान
- Einstien
  • INTERVIEW
  • ARTICLES

उच्चस्तरीय संयन्त्रको निम्नस्तरीय गति

more »

  • PERSONALITY
  • BLOG

कुल चन्द्र गौतम मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउंमा जन्मनुभए को हो/ श्रीगौतमकी धर्मपत्नी बिनता,कलाकार छोरी सुश्री ज्योत्स्ना द्यु सिएल र खेलकुद बिशेषज्ञ छोरा बिप्लव गौतम हुनुहुन्छ।

more »

HOROSCOPE