काठमाडौं, जेठ १- रेस्टुरेन्ट व्यवसायमा सफल नाङ्लो ग्रुप अफ कम्पनिजले वृहत लगानीमा एकैपल्ट दुई ठूला होटल खोल्ने भएको छ। ग्रुपले होटल निर्माणको काम चाँडै सुरु गर्ने तयारी गरेको छ। नाङ्लोका अनुसार निकट भविष्यमा खुल्न लागेका ती दुई होटल काठमाडौं उपत्यकाबाहिर रहने छन्। एउटा होटल पर्यटकीय गन्तव्य पाल्पा र अर्को पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलमा रहने छ।
काठमाडौं उपत्यकामा १३ तथा पाल्पा र बुटवलमा एक-एक गरी १५ रेस्टुरेन्ट सफल रूपमा सञ्चालन गरिरहेको नाङ्लोले पुनः होटल उद्योगमा लगानी गर्न लागेको हो। नाङलोले डेढ दशकदेखि चितवनको कुरिनटारमा ५० कोठासहितको रिभर साइड स्पि्रङ रिसोर्ट चलाइरहेको छ। 'आगामी पाँच महिनाभित्र होटल निर्माणको काम सुरु हुन्छ,' नाङ्लोका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतीले नागरिकसँग भने, 'दुवै होटल तीनतारे स्तरका हुनेछन्।'
एउटा होटल निर्माणका लागि करिब २६ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको कक्षपतीले जानकारी दिए। 'हामी एकैपल्ट झन्डै ५२ करोड रुपैयाँ लगानी गर्दै छौं,' उनले भने। दुवै होटलमा ६०-६० कोठा हुने उनले बताए।
कक्षपतीका अनुसार ती होटलका प्रत्येक कोठाका लागि ३५ लाख रुपैयाँ खर्च गरिने छ। होटल निर्माण गर्न जग्गाको व्यवस्था विगतमै भइसकेको थियो। होटलको नक्सा पासलगायत अन्य प्राविधिक काम सबै सकिइसकेको छ।
नाङ्लो ग्रुपले ६ वर्षअघि नै यी होटल खोल्ने योजना बनाएको थियो। 'तर, देशमा व्याप्त अस्थिर राजनीतिक गतिविधिका कारण 'पर्ख र हेर' को अवस्थामा हामीले आधा दशकभन्दा बढी समय गुजार्यौं,' कक्षपतीले भने, 'अब कुर्ने होइन, व्यापार गर्ने बेला हो।'
आधा दशकअघि योजना बनाउँदा एउटा होटलमा १२ देखि १३ करोड रुपैयाँ लगानी गरे पुग्ने भए पनि अहिले लगानी ठ्याक्कै दोब्बर भएको उनले बताए। 'अब हामी पछाडि हट्दैनौं, होटल बनाएरै छाड्छौं,' उनले भने।
'आफ्नो जन्मथलो पाल्पा र बाबु-बाजेले व्यापार गरेको पुर्ख्यौली थलो बुटवलप्रति मेरो भावनात्मक सम्बन्ध छ,' तारे होटल खोल्न राजधानी काठमाडौं छाडेर पाल्पा-बुटवल रोज्नुको कारणबारे कक्षपतीले भने, 'जुन ठाउँमा अरू व्यवसायीले चल्दैन भन्दै छाडे, मैलै चुनौती स्वीकारेर त्यहीँ ठाउँमा होटल खोल्न लागेको हुँ। ती ठाउँको विकास गर्ने चाहनाले पनि यसमा काम गरेको छ।'
पाल्पा पर्यटकी गन्तव्यमा नभई पश्चिम नेपालको व्यापारिक र शैक्षिक केन्द्र र बुटवल अर्को व्यापारिक केन्द्र भएकाले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न होटल खोल्न लागेको उनको भनाइ छ।
उनका अनुसार भारत उत्तर प्रदेशका गोरखपुर, लखनऊ, बनारस, अलाहावाद, कानपुरलगायत स्थानबाट सबैभन्दा नजिकको 'हिल स्टेसन' पाल्पा हो। पाल्पामा धेरै पैसा खर्च गर्ने र धेरै रात बिताउने गुणस्तरीय भारतीय पर्यटक ल्याउने योजना छ। 'म यसैलाई 'क्यास' गर्ने तयारीमा छु,' उनले भने।
नाङ्लो होटल उद्योगमा नयाँ नाम भने होइन। सन् १९९६ देखि चितवनको कुरिनटारमा रिभर साइड स्पि्रङ रिसोर्ट सञ्चालन गरिरहेको छ। हाल उक्त रिसोर्टमा ५० कोठा छन्। रिभरसाइड रिसोर्ट खोल्न गरेको मेहेनत कहिल्ये नबिर्सने उनले बताए। 'उजाड र सुक्खा ठाउँ, रिसोर्ट भएका ठाउँसम्म सडक नभएको, फोन, बिजुली पनि नभएको ठाउँमा रिसोर्ट खोलेर 'रिस्क' लिएको थिएँ,' उनले भने, 'अहिले कुरिनटार एउटा पर्यटकीय गन्तव्य बनेको छ।'
रिभरसाइडको सफलताबाट उत्साहित हुँदै पुनः होटल उद्योगमा लगानी गर्ने तयारी गरेको उनले बताए। उनका अनुसार पाल्पा र बुटवलको पर्यटकीय सम्भावना वृहत र पर्यटक आवागमन आशालाग्दो रहे पनि बास बस्ने उपयुक्त व्यवस्थाको अभाव छ। 'त्यहाँ अरू व्यवसायीलाई लगानी गर्न हौसला दिने उद्देश्य मेरो हो,' उनले भने।
होटल उद्योगमा लगानी गर्दा बढीभन्दा बढीले रोजगारी पाउने उनले बताए। यसको लाभ साग, गोलभेंडादेखि कुखुराका अन्डा उत्पादन गर्ने ग्रामीण तहसम्म पुग्ने उनको अनुभव छ। 'त्यसैले सहरमुखी नभई सकेसम्म नयाँ गन्तव्यमै होटल खोल्नुपर्छ,' उनले भने, 'हामीले आफ्नो बजार आफैं बनाउनुपर्छ र त्यसका लागि पर्याप्त बजार अध्ययन भने गर्नुपर्छ।'
रेस्टुरेन्टतर्फ पनि नाङ्लो सफल व्यावसायिक ग्रुप हो। नाङ्लो ब्रान्डमा काठमाडौं, ललितपुर, पाल्पा र बुटवलमा गरी १५ रेस्टुरेन्ट सञ्चालन गरिरहेको ग्रुपले करिब ३ करोड रुपैयाँ लगानीमा चार रेस्टुरेन्ट खोल्ने तयारी गरेको छ। पहिलो चरणमा ललितपुरको ग्वार्कोमा खोल्न लागिएको रेस्टुरेन्टको काम सकिन लागेको उनले जानकारी दिए।
'ग्वार्कोमा तयार भएपछि पोखरा, धरान र भरतपुरमा रेस्टुरेन्ट खोल्ने योजना छ,' कक्षपतीले भने, 'पाँचदेखि ६ महिनाभित्र यी तीन ठाउँमै रेस्टुरेन्ट खोल्छौं।' ग्रुपले हालसम्म रेस्टुरेन्टमा मात्रै करिब १० करोड रुपैयाँ लगानी गरिसकेको छ।साभार :नागरिक
फेरी एक पटक स्वागतम. nanglo group लै एस अघि नै बुटवल र पाल्पा मा सफलत पाएको कुरा त सबैलाई थाहा वयेकै कुरा हो. तर यो संस्था ले स्थानीय युवा,युवति तथा स्थानीय सबैलाई पहिलो स्थान दिनु जरुरि छ.र आगामी दिनमा एस्त कुराहरुलाई ध्यान दियोस फेरी सफलता को सुभकामना !!!!!
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS