२५ साउन, लिच्याङ खुनमिङ(चीन) । चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले चीनको आन्तरिक र बाहृय पर्यटकको सङ्ख्या उत्साहजनकरुपमा बढ्दै गइरहेकोले त्यसबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ ।
राजधानी बेइजिङबाट करिब दुईहजार किलोमिटर दक्षिणमा पर्ने युनान प्रान्तको लिच्याङ सहरमा आयोजित तेस्रो विश्व पर्यटन सांस्कृतिक मञ्चलाई सम्बोधन गर्दै राजदूत कार्कीले पछिल्ला केही वर्षमा नेपाल भ्रमणमा जाने चिनियाँ पर्यटकहरू संख्या बढ्दै गइरहेको जानकारी दिँदै उहाँले अझ धेरै चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको उल्लेख गर्नुभयो ।
राजदूत कार्कीले नेपाल भ्रमण गर्ने अधिकांश चिनियाँ पर्यटकले नेपालको सांस्कृतिक पक्षबारे चासो बढाउँदै गएको सन्दर्भमा नेपालले चिनियाँ पर्यटकले चासो देखाएका कैयौं सांस्कृतिक गन्तव्यको संरक्षण र विकास गर्दै गएको पनि बताउनुभयो ।
नेपाल, इन्डोनेसिया, पेरु, ट्युनिसिया, बुरुण्डी, युक्रेनलगायत करिब एकदर्जन मुलुकका प्रतिनिधि एवम् चीनका विभिन्न प्रान्त, सहर र स्वायत्त प्रदेशका झन्डै दुईसय सरकारी अधिकारी र पर्यटन व्यवसायीले मञ्चमा सहभागिता जनाएका थिए ।
चीनको अन्तरराष्ट्रिय पर्यटन बजार सङ्घले आयोजना गरेको मञ्चको प्रदर्शनीकक्षमा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित फोटोसमेत राखिएको थियो ।
मञ्चको समापन समारोहमा सांस्कृतिक पर्यटन प्रवर्द्धनको क्षेत्रमा विशेष भूमिका खेलेका पर्यटनसँग सम्बन्धित चीनका सरकारी तथा गैरसरकारी संस्थालाई राजदूत कार्कीले पदक तथा प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।
प्राचीन लिच्याङ नगरपालिकाको तीन दिवसीय भ्रमणका क्रममा राजदूत कार्कीले चिनियाँ कम्युनिष्ट पार्टीका सचिव, नगरप्रमुख, उपप्रमुखलगायत त्यहाँका उच्चपदस्थ सरकारी अधिकारीहरूसँग आपसी हित र द्विपक्षीय चासोको विषयमा कुराकानी गर्नुभएको थियो । रासस
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS