युवराज गौतम
इलाम,साउन - हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।
तर पूर्वी पहाडी जिल्ला इलाममा बंक हान्न विद्यार्थीलाई डान्सवार र डिस्कोको विकल्पमा स्कुल क्याम्पस आसपास रहेका चियावारी डाँडाहरु अब्बल स्थल बन्दै गइरहेका छन् । बंक हान्न चियावारी डाँडा अनि सल्लाघारी पनि उचित स्थल कहलिएको छ ।
विहान सवा ६ मा पहिलो घण्टी बज्न नपाउँदै महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका एकाध युवा दैनिकजसो नजिकैको चियावारी डाँडामा हुन्छन् । 'विहानभरी चियावारीको चिसो मौसममा रमाइलो गर्यो अनि अन्तिम घण्टी बज्न लाग्दा घरतिर चल्यो,' क्याम्पस छेउको चियावारी डाँडामा भेटिएका एकहुल युवाले भने-'कोहीबेला पढने मुडनै हुदैन, त्यसपछि त सिधैं चियावारीमा बंक ।' हुनत चियावारी प्रेम जोडीहरुका लागि उपयुक्त हुने गर्दछ । तर अव प्रेमजोडीका लागि मात्र चियावारी साँघुरो हुँदै गइरहेको छ । चियावारीमा त अचेल बंक हान्ने युवाको भिड बढन थालेको देख्न सकिन्छ । क्याम्पसे पोशाकमा सजिएर चियावारी धाउने विद्यार्थी इलाम क्याम्पसका मात्र छैनन । थुप्रै स्कुल तथा प्लसटुका विद्यार्थी चियावारीमा बंक हान्ने गर्छन । 
सदरमुकाममा नै रहेका आदर्श, इलाम एजुकेसन फाउण्डेसन लगायतका प्लस टुका विद्यार्थी बंक हान्न दश मिनेट माथिपट्ट िरहेको चियावारीमा पुग्ने गर्छन । यता माइवारीको करफोक विद्या मन्दिरका विद्यार्थीका लागि चियावारी मात्र होइन नजिकैको सल्लाघारी पनि बंकका लागि उचित स्थल हुन । 'घरबाट क्याम्पस पढन आएको विद्यार्थी सल्लाघारी र चियावारी डाँडाँमा विहानभरी विताएको पनि भेट्टाएको छु ।' करफोक विद्यामन्दिरकी अध्यापिका रञ्जना चम्लागांइले भनिन-'यस्तो क्रियाकलापले त टिएनएजका विद्यार्थीलाई गलत मार्गतर्फडोर्याइरहेको छ ।' यसका लागि क्याम्पसको कडा निगरानी र विद्यार्थीको जिम्मेवारीपन पनि उत्तिकै आवश्यक रहेको उनले सुझाइन । क्याम्पसको आसपासमा बाक्लै रहेका सल्लाघारी विद्यार्थीका लागि उपयुक्त छ । किनकी यहाँ जोडी वनेर प्रेम साटन मात्र होइन, लागु औषध सेवन गर्न पनि असजिलो हुँदैन ।
इलाम क्याम्पस, करफोक विद्या मन्दिर मात्र बंक हान्ने विद्यार्थी भेटिन्छन भन्नु उचित हुँदैन । हरियाली चियावारीकै कारणले कहलिएको पर्यटकिय स्थल कन्याममा रहेको कृष्णश्रम उच्च मा.वि. पनि यसबाट अछुतो छैन । यहाँ सबैभन्दा धेरै संख्यामा युवा बंक हान्ने भेटिन्छन । हालैको एक दिन केही तल रहेको क्याम्पसमा तेश्रो घण्टीको पढाइ चलिरहँदा क्याम्पसे ड्रेसमा एक हुल युवा चियावारी भित्र मोवाइलमा बजाएको गीतसँगै चिच्याइरहेका भेटिए । यस्ता हुल दैनीक जसो चियावारीमा भेटिन्छन । यतिमात्र नभएर क्याम्पसे ड्रेसमा आगन्तुक पिकनिकेहरुसँ रमाइलो गर्ने विद्यार्थीको संख्या उत्तिकै छ । स्थानीय रविन र्राई भन्छन-'पिकनिकको सिजनमा त अधिकांश विद्यार्थी चियावारीमा नै हुन्छन कक्षा कोठाका वेन्चहरु अधिकांश खाली नै हुने गर्छन ।' कन्याममा स्थानीय क्याम्पस, प्लस टु का मात्र होइनन झाँपाका विद्यार्थीहरु पनि मोटरसाइकल हुँइक्याएर यहाँ आइपुग्छन । चियावारीमा बंक हान्नेको भिड बढदै गइरहे पनि शिक्षकहरुलाई यसवारे खासै थाहा छैन । कडा प्रशासन मार्फ विद्यार्थीलाई निगरानी गर्ने प्रचलन क्याम्पसहरुको छैन ।
aru ko personal kurama kattiiiiiiiiiiiiiiii chaso dinu pareko ho ? k ho chiya ko jhadhi ma pani dekh dine
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS