TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

रेडपाण्डाले तान्यो पर्यटक

187red-panda_680_600x450.jpg

युवराज गौतम
इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

गहिरो खोज अनुसन्धान गरेर  अन्त्यमा त्यस क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेड पाण्डा (हाब्रे) पत्ता लगाएर छाडको फाइदा स्थानियवासीले लिएको प्रति उनको यतिवेला खुशीको आँशु वगेका छन  । गाउँलेलाई यसको संरक्षण गर्नुपर्छ भन्ने अर्थ्याएर  त्यस दुर्लभ जन्तुको अवस्था र महत्वका वारेमा सुझाएर सफल काम गरेको अनुभूति उनलाई भइरहेको छ । यतिवेला ब्राइनले लगाएको गुन त्यस क्षेत्रका वासिन्दालाई उपहार सावित भएको छ । रेड पाण्डाको संरक्षण गर्न थालेपछि इलामको उत्तरी लेकाली क्षेत्रमा पर्यटकहरु आउने क्रम सुरु भएको छ । विशेष गरेर तेश्रो मुलुकका पर्यटकहरु रेडपाण्डा अवलोकन गर्न आउन थालेका छन् ।


    दार्जिलिङ्गको सिहंलिला नेशनल पार्कसँग सिमाना जोडिएका जमुना, माबु, माइमझुवा, जोगमाइ गाविसका उच्च क्षेत्रमा रेडपाण्डा पाइने भएपछि त्यसको अनुसन्धान तथा अवलोकन गर्न पर्यटकहरु आउने क्रम बढदो छ । शिकारीहरुले पेशा वदलेका छन भने गाउँलेहरुले रेडपाण्डाको संरक्षण गर्न सके मनग्गे फाइदा हुने कुरा बुझेका छन् । जमुना-८ मा पर्ने चोयाटार सामुदायिक वन, छिन्तापु क्षेत्र, मावेटागें जंगलमा रेडपाण्डाको वास स्थान रहेकाले त्यस बन क्षेत्रलाई संरक्षित गरेर पर्यटकहरुलाई शुल्क निर्धारण गरिएको छ । सामुदायिक वनकी अध्यक्ष कोपिला गुरुङ भन्छिन-'समूहमा आउने सिमित आन्तरिक पर्यटकलाई पाँचसय र विदेशीलाई एकहजार निर्धारण गरिएको छ ।' यसरी रेडपाण्डाको संरक्षण गरेर पर्यटक भित्राउने नेपालमा आफूहरु पहिलो भएको पनि उनको दावी छ । हङकङ स्थित सिटि युनिभर्सिटी कलेजका विद्यार्थी ज्याक इलाम आउनुपूर्व रेडपाण्डाको संरक्षण किन गर्ने भनेर आफैंलाई प्रश्न गर्थे । इलाम आएपछि अहिले उनलाई रेडपाण्डाको संरक्षण किन नगर्ने भन्ने प्रश्नले सताएको छ । वातावरण विज्ञानमा स्नाकोत्तर गरिरहेका ज्याकले भने- शुरुमा इलाम आउँदा यसको संरक्षण किन गर्ने भनेर सतायो तर यहाँको वन घुमिसकेपछि किन नगर्ने भन्ने प्रश्नले सताएको छ ।' यसलाई अव हङ्गकङ्गमा पनि व्यापकता वनाउनु छ, उनले भने । 

    विश्वको चिन, भुटान, भारत, उत्तरी वर्मा र नेपालमा संखुवासभाको लाङटाङ राष्ट्रिय निकुञ्ज, सोलुखुम्बुको मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा कञ्जनजंगा संरक्षण क्षेत्रमा रातो पाण्डा पाइने गरेको यसको अनुसन्धानमा कार्यरत संस्था रेडपाण्डा नेर्टवर्कको अध्ययनले देखाएको छ । नेपालमा प्रथम पटक यसको संरक्षण गरेर पर्यटक भित्राउन थालेको इलाममा पहिलो मानिएको छ । नेपालमा करिब ५० को संख्यामा यो जनावर रहे पनि इलामका विभिन्न जंगलमा ८ वटा मात्र रहेको तथ्याङ्कले देखाएको छ । इलामको उत्तरी लेकाली क्षेत्रमा सिमितको संख्यामा रहेको रेडपाण्डा हेर्न यतिवेलाको मौसम रमाइलो मानिन्छ । अन्य समयमा यस जनावरको भाले-पोथी अलग अलग बसे पनि पुस मागको समयमा यीनिहरु सँगै रहेर संभोग गर्ने भएकाले यस समयमा पर्यटकहरु धेरै आउन थालेको स्थानिय पत्रकार कुमार गुरुङ बताउछन् । 'यस जनावरको सुन्दरता र संभोगमा सामेल भएको हेरेर पर्यटकहरु मनोरञ्जन लिइरहेका छन ।' उनले जानकारी दिए ।


    विश्वकै दुर्लभ जन्तुको सूचिमा पर्ने रेडपाण्डाको चोरी निकासी, अवैध व्यापार तथा कम प्रजनन दर र उपयुक्त वासस्थान मासिदै गइरहेको वेलामा यसको संरक्षण गरेर पर्यटक भित्राउन सक्नु उदारणीय काम भएको भारतको तमिलडाडुबाट रेडपाण्डा हेर्न इलाम आइपुगेका क्रिस विलियमको धारणा थियो । विलियमले भने-'यो काम विश्वकै लागि नौलो छ ।' रेडपाण्डा हेर्न  आइपुग्ने पर्यटकहरुलाई स्थानिय युवाले 'गाइड'को काम गरिदिने गर्छन । पर्यटकलाई जंगलसम्म पुर्‍याउने र रेडपाण्डा देखाउने काम युवाहरुले गरिरहेका छन् । इलाम सदरमुकामबाट अढाइ घण्टाको कञ्ची सडक पार गरेर पुग्न सकिने संरक्षण क्षेत्रका गाउँमा पर्यटकहरुलागि 'होम स्टे' को अवधारणा विकास गरिएको छ । रेड पाण्डा रहेको वन क्षेत्रलाई घेरावार गरेर झनै सुरक्षित बनाउने क्रम पनि सुरु भएको छ ।

के हो रेडपाण्डा ?

    यो विश्ववाट दुर्लभ भइसकेको स्तनधारी वन्यजन्तु हो । यसको वैज्ञानिक नाम (Ailurus fulgens, or "shining cat") हो । यसलाई स्थानिय भाषामा हाब्रे भनिन्छ र यो ध्वाँसे-रातो रंगको हुन्छ । झट्ट हेर्दा विरालोजस्तो देखिने यो विरालो भन्दा चाहीं अलिक ठूलो हुन्छ । यसको वजन ४ देखि ६ किलोसम्म मात्र हुन्छ भने यसको आयु १० देखि १५ वर्षसम्मको मात्र हुन्छ । यसले गुँरास तथा वासको कलिलो टुसा खाने गर्दछ । यसको एउटा विशेषता के हो भने यसले गर्मी सहन सक्दैन त्यसैले १८ सय मिटर भन्दा माथिल्लो क्षेत्रमा मात्र वस्न सक्दछ । यीनिहरुको जीवनको धेरैजसो समय रुखमै वित्दछ । नेपालमा यसको तथ्याङ्क कति छ भन्ने कतै पाइदैन तर नेपालमा पनि उल्लेख्य संख्यामा यसको वास रहेको अनुमान लगाइएको छ । यसरी दुर्लभ मानिएको रेडपाण्डालाई तत्कालै संरक्षण गर्नु जरुरी छ ।



COMMENTS

gyanendra mocktan

We expect much from the government. This is the hard time for them may be. But the youths of Nepal should wake for a call to love and care the nature the best we can. Keep it up Gautam.

treknepalnow

trekking in nepal, nepal travel, nepal trek, nepal tourism year 2011, annapurna region trekking, treking in nepal, everest region, sight seeing, restricted area trekking, www.treknepalnow.com

Lila Ballav Nepal

सरकारवाट वन्यजन्तु संरक्षण सम्वन्धी स्पष्ट कार्यक्रम नआएसम्म प्रभावकारी रुपमा काम गर्नै सकिंदैन ।

sahadev chaudhary

first of all , red pandaa should be protected by Government and care thier foods also. after then , we can preserves their identity neither its destroy quitly.

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info