TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

सुन्दर पहाडी सहर तानसेन

 

 पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्राचीन एवं सुन्दर पहाडी सहर हो । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने हुन्छ ।

मगरहरूको बाहुल्य रहेको यो ठाउँमा उनीहरूको आफ्नै भाषा, धर्म, संस्कृति तथा इतिहास छ । यो ठाउँमा बसोबास गर्ने पहिलो जाति मगर भएको विश्वास गरिन्छ  । ६ सय वर्ष पहिले हालको नेपाल विभिन्न स-साना राज्यमा बाँडिएको थियो । त्यतिबेला यो ठाउँ १२ मगरातका नामले पनि चिनिन्थ्यो । मगरपछि यहाँ नेवार समुदायको बाहुल्य छ । त्यसैले पनि यो ठाउँको धर्म तथा संस्कृति काठमाडौंसँग मिल्दोजुल्दो छ । महाभारत क्षेत्रको दक्षिणी भिरालोमा पर्ने यो ठाउँमा नेपाली कला तथा संस्कृतिको अनुपम नमुना देख्न सकिन्छ । प्राचीन कलायुक्त नेवारी घर तथा ढुंगा छापिएका बाटोको सुन्दर सम्मिश्रण पाइने यो नगरमा घुम्न लायक थुप्रै ठाउँ छन् ।

 


तानसेन पुगेपछि घुम्नैपर्ने ठाउँ श्रीनगर डाँडो हो।  डाँडोमा चढेपछि देखिने प्र्राकृतिक सौन्दर्यले  पर्यटक भुतुक्कै हुन्छन्। धर्तीको स्वर्ग भन्न सकिने श्रीनगर पर्यटक तान्न सफल छ। यहाँबाट पश्चिममा धवलागिरि एवं पूर्वमा गणेश हिमालको अपूर्व शोभा अवलोकन गर्न सकिन्छ। यहाँ पुगेपछि सबैजसो मानिसलाई र्फकन गार्‍हो पर्छ, छुट्टनि मन लाग्दैन। थोरै समयमै यहाँको सौन्दर्यसँग प्रीति गाँसिन्छ।

परम्परागत नेवारी शैलीमा बनेका घर तथा काठमाडौंबाट बसाइँ सरेर आएको नेवार समुदायको कलाकृतिमा भिजेका कारण यो ठाउँ काठमाडौंजस्तै देखिन्छ। त्यसैले होला यो ठाउँलाई काठमाडौंको सानो रूप पनि मानिन्छ। यहाँ सबैजसो धर्मावलम्बी बसोबास गर्छन्। यहाँ नेपाली, मगर एवं नेवारी भाषा बोलिन्छ। व्यापार एवं हस्तकला उद्योग यहाँ निकै फस्टाएको छ। 

प्रकृतिको सुन्दर उपहार तानसेन अवलोकन गर्न कम्तीमा पनि तीन दिनको बसाइ आवश्यक छ । यहाँका सबै ठाउँ एक-एक गर्दै हेर्न भने एक हप्ता पनि पर्याप्त नहुन सक्छ । सुन्दर श्रीनगरको डाँडो चढ्ने क्रममा शान्त जंगल, सल्लाका रुख तथा लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिन सकिन्छ । डाँडोको गन्तव्य श्रीनगर पार्क हो। पार्कको पूर्व दिशातिर अघि बढ्दा आधा घन्टामा बौद्ध स्तूप पुग्न सकिन्छ। थाई भिक्षुको सहयोगमा बनेको यो स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन्। यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ। प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेको जनविश्वास यहाँका चित्रबाट झल्कन्छ।

परम्परागत नेपाली जीवन बुझ्न एकपटक जानैपर्ने ठाउँ तानसेनको कुमाले गाउँ पनि हो। माटोका सुन्दर भाँडाकुँडा बनाइने कुमाले गाउँमा नेपाली परम्परागत जीवन शैलीको सजीव चित्र देख्न सकिन्छ।

तानसेन प्राचीन इतिहासको नमुना सहर हो। सन् १८१५ को बिटि्रस इन्डिया युद्धका बेला नेपालले विजय प्राप्त गरेपछि त्यसको सम्झना स्वरूप बनाइएको भगवती मन्दिर यहाँको महत्वपूर्ण पर्यटकीय स्थल हो । धेरै पटक गरिएको जीर्णोद्धारले मन्दिरको मौलिकता हराएको आभास मिल्छ । यहाँ हरेक वर्षको अन्त्यमा मेला लाग्छ । मेलामा मानिसहरू रातभर जाग्राम रही शक्तिस्वरूपा भगवतीको पूजा  गर्छन् । भोलिपल्ट भगवतीको प्रतिमा रथमा राखी सहर परिक्रमा गराउने चलन छ। यो बेलामा सरकारी कर्मचारी, पुलिस, आर्मीलगायत स्थानीय बासिन्दाको हर्षोल्लासपूर्ण चहलपहल आकर्षक हुन्छ । भौगोलिक संरचनाका कारण रथमा पाङ्ग्रा राखिएको हुँदैन । देवीको रथ कुमाल समुदायका मानिसले मात्र तान्ने गरेका छन् ।

तानसेनको अर्को महत्वपूर्ण गन्तव्य रानीघाट हो । यहाँ खड्गशमशेरले आफ्नी श्रीमतीको सम्झनामा बनाएकोे रानीमहल छ । यो महललाई नेपालको ताज महल भनिन्छ । यो महल मायाको अनुपम उदाहरण हो । रानी महल कलकत्ताका कालिगढद्वारा चार वर्ष लगाएर निर्माण गराइएको थियो । हाल उचित संरक्षणको अभावमा यो महल जीर्ण बन्दैछ । 

तानसेनमा घुम्नका लागि कालीगण्डकीको किनारमा रहेको राम्दी घाट पनि राम्रो ठाउँ होे । यहाँ मृत शरीरको अन्तिम संस्कार हुन्छ । यो ठाउँमा गुफाभित्र मन्दिर छ । किसानहरू यहाँ आफ्ना चौपायाको रक्षाका लागि दूध चढाउँछन् । तानसेनको केन्द्रबाट पैदल यात्रा गर्ने हो भने यो ठाउँमा पुग्न करिब आधा दिन लाग्छ ।

यहाँबाट घुमाउरो बाटो तथा हरियाली हेर्दै रिडी बजार पुग्न सकिन्छ । रिडी बजार हिन्दू धर्मावलम्बीका लागि पवित्र धार्मिक स्थल हो । यो रिडी खोला र कालीगण्डकीको संगमस्थल हो । यहाँ नेपाल तथा भारतबाट थुप्रै श्रद्धालु भक्तजन स्नान गर्न आउँछन् । यहाँ प्राण त्यागे मुक्ति पाइने विश्वासमा मानिसहरू जीवनको अन्तिम क्षण बिताउन यहाँ बसोबास गर्छन् । हरेक वर्ष माघे संक्रान्तिका दिन यहाँ ठूलो मेला लाग्छ । यहाँ हृषीकेश भगवान्को मन्दिर छ । यो मन्दिरकोे निर्माण पाल्पाका राजा मुकुन्द सेनले गरेको जनविश्वास छ । तानसेनबाट गाडीमा रिडी पुग्न पाँच घन्टा लाग्छ । 

तानसेनको पश्चिमी दिशामा हिमालको शिखरमुनि भैरवस्थान छ । त्यहाँ पुग्न गरिने पैदलयात्रा  आनन्ददायक हुन्छ । नेपालको सबैभन्दा ठूलो सुनौलो त्रिशूल यहीँ छ । तानसेन बजारबाट नौ किलो मिटर दूरीमा रहेको यो मन्दिरमा भैरवको मूर्ति लुकाइएको अवस्थामा छ । भैरवको मूर्ति हेर्नेले आफ्नो जीवन गुमाउने जनविश्वासका कारण मूर्ति पर्दाले छोपिएको छ । यहाँ पुजारीले पनि पर्दा बाहिरबाट नै पूजा गर्छन् । मङ्गलबार तथा शनिबार विशेष भीड हुने यो मन्दिरमा रोट तथा जनावरको बलि दिने चलन छ । यहाँबाट हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

तानसेन पुगेपछि हिँड्न रमाइलो मान्नेहरू सत्यवती लेक हेर्न जान सक्छन् । सत्यवती ताल जान पहिले बुटवल पुग्नुपर्छ । बुटवलबाट बस चढी चौबीस माइल भन्ने ठाउँमा ओर्लनुपर्छ । त्यसपछि तिनाउमा अवतरण गरी घना जङ्गल हुँदै पहाडको शिखरमा रहेको अनौठो लेकमा पुगिन्छ । यो लेकलाई भगवतीको घर मानिन्छ । यहाँ हरेक वर्ष कार्तिक पूणिर्मामा रात्रि मेला लाग्छ । प्राचीन किम्वदन्तीअनुसार यहाँ सत्यवती बज्यैको वासस्थान छ । उनीसँग सुन्ने शक्ति कम तर अद्भूत शक्ति रहेको विश्वास गरिन्छ । यहाँ मानिसहरू मनकामना पूरा गर्न आउँछन् । भक्तजनहरू आफ्नो मनकामना ठूल्ठूलो स्वरले भट्टाउँदै लेकको तीन चक्कर मार्छन् । भाकलका रूपमा बोका, कुखुरा काट्ने तथा परेवा उडाउने गरिएको पाइन्छ । दिउँसो अबेला सुरु हुने यो मेला सूर्य उदाउनुअघि नै पूरा गरिन्छ । यसो नगरे देवी प्रसन्न हुन्नन् भन्ने जनविश्वास छ ।

तानसेनमा अरू पनि थुप्रै मेला लाग्छन् । यसमा प्रभास मेला, लालपत्ती मेला तथा रम्भा मेला  विशेष छन् । प्रभास मेला हरेक शिवरात्रिमा लाग्छ भने लालपत्ती मेला फागुपूणिर्माका दिन लाग्छ । यसैगरी रम्भा मेला रम्भा भन्ने ठाउँमा भाद्र कृष्ण अष्टमीका दिनमा लाग्छ । यहाँका चाडपर्व जनैपूणिर्मादेखि सुरु भई भगवती जात्रापछि अन्त्य हुन्छन् । बाहुन तथा क्षेत्री समुदायका मानिसले जनैपूणिर्माका दिन जनै फेर्छन् भने यो दिन गाईजात्रा हुने दिन पनि तोकिन्छ । मृतात्माको चिरशान्तिका लागि गरिने गाईजात्रा काठमाडौंबाट सुरु भएको भए पनि यहँाका मानिसले यसलाई आफ्नै परम्पराअनुसार मनाउँछन् । गाईजात्रापछि रोपाइँ जात्रा र त्यसपछि बाघजात्रा हुन्छ । बाघजात्रामा स्थानीय बासिन्दा बाघको तथा सिकारीको भेषमा प्राचीन शासकको नक्कल गर्दै नाच्छन् । 

यहाँको अर्को आकर्षण रथजात्रा हो । रथजात्रामा गणेश, भीमसेन एवं नारायणको रथलाई तानसेन बजारमा डुलाइन्छ । यस दिन बजारका सबै घरका मानिसले आ-आफ्ना घरका झ्यालमा मैनबत्ती बालेर रथमा फूल, प्रसाद तथा पैसा चढाउँछन् । भगवती जात्रापछि वर्षका जात्रा एवं पर्व अन्त्य हुन्छन् ।

 

कहाँ बस्ने ?

होटल श्रीनगर

कैलाशनगर तानसेनस्थित होटलमा पश्चिमी, नेपाली तथा भारतीय परिकार उपलब्ध छन् । यो होटलमा एक्काईस वटा सुविधाजनक कोठा छन् ।

होटल द हाइट लेक

सिखन टोलस्थित यो होटलमा डिलक्स टि्रपल कोठाका साथमा  अट्याच्ड  बाथरुम रहेका सुविधायुक्त कोठा छन् । यहाँ सबै प्रकारका परिकार उपलब्ध छन् ।

होटल द बज्र

क्याम्पस रोडस्थित यो होटलमा नेपाली, भारतीय तथा चाइनिज परिकार उपलब्ध छन् । यहाँका

अन्य सुविधा पनि गुणस्तरीय छन् । 

COMMENTS

sahadev chaudhary

kina ni by line na rakheko ???????????? kasari onlinema samacharko value ghatayeko ni?

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info