TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

इलामको पर्यटन प्रकृति र संस्कृती

Tea garden.JPG

युवराज गौतम

इलाम/ प्रकृति र संस्कृती इलामका पर्याय हुन । हरियाली चियावारी, कोणधारी सल्लाघारी, नागवेली सडक, मिलेका डाँडा, हरित जंगल साथै लोपोन्मुख जातजाती, मठमन्दिर र गुम्बाहरुले प्रकृती र संस्कृतीको परिचय वोकेको छ । प्रकृती र संस्कृतीलाई नै प्रचार गरेर इलामले पर्यटन वर्ष२०११ मनाउने तयारी गरिरहेको छ । पर्यटन वर्षमा प्रकृतिमा लठयाएर साथै संस्कृतीमा पर्यटकलाई भुल्याउने योजना लिएका छौं ।' इलामका पर्यटन वर्षसंयोजक धर्म गौतमले भने-'सुरम्य प्रकृति छटा र ऐतिहासिक सांस्कृतिक सम्पदालाई भरपुर सदुपयोग गरेर पर्यटन आकषिर्त गरिरहेका छौं ।'

भारतको दार्जिलिङसँग सिमाना जोडिएको इलाम हल्का भिराला पहाडहरु, स-साना थुम्का थुम्कीमा देखिएको हरियाली साथै स्वच्छ हावापानीले पर्यटक आकषिर्त हुने गर्छन । 'मनै लोभ्याउने प्राकृतिक सौदर्यता नै यहाँको आकर्षा मानिन्छ पर्यटन
प्रवर्दन समुह, इलामका सचिब किरण रिजाल भन्छन-'प्रकृतिको सदुपयोग गर्न सकियो भने मात्र हामी सफल हुन्छौं र आगन्तुक सन्तुष्ट हुन सक्छन् ।' प्रकृति भित्र रहेका नयाँ सम्भावनाहरुलाई पहिचान गरेर पर्यटन आकषिर्त गर्ने काम भइरहेको सचिब रिजालले वताए । उनका अनुसार यहाँ रहेका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोपन्मुख लाप्चा जाती साथै अन्य जातजातिको संस्कृति नै यहाँको सांस्कृतिक आकर्षण हुन ।

पर्यटन वर्ष २०११ लाई आधार मानेर यहाँ भौतीक पूर्वाधारको विकासलाई पनि त्रि्र वनाइएको छ । इलाम नगरपालिकाले पर्यटन वर्षा बढी पर्यटक भित्रयाउन नगरपालिकाले नगर क्षेत्रमा भ्यू टावर, इलाम चिया बगानमा रेलिङ्ग तथा बार निर्माण, नगर क्षेत्रका मन्दिरहरुको निर्माण, कृषि पर्यटनको विकासका लागि बिषेश कार्यक्रम विमानस्थल तथा सिटि हल निर्माण र सुचना केन्द्र व्यवस्थित गर्ने योजना रहेको नगर अधिकृत युवराज दाहालले बताउनुभयो । अधिकृत दाहालका अनुसार नगर क्षेत्रमा सिटि हल, विमानस्थल र कृषि पर्यटनको विकासका लागि पूर्वाधार निर्माणमा बढी जोड दिनेछ । यता सिमावर्ती नाका पशुपतिनगरमा व्यवस्थित पर्यटन सुचना केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । भारतीय नाका भइ नेपाल प्रवेश गर्ने पर्यटकलाई पर्यटकिय स्थलका वारेमा जानकारी दिने उद्देश्यले सुचना केन्द्र स्थापना गर्न लागिएको स्थानिय मिलन क्षेत्रीले वताए । यस नाकामा अध्यागमन विभाग तत्कालै स्थापना गर्न सरकार समक्ष माग पनि गरिएको क्षेत्रीले जानकारी दिए । चर्चित पर्यटकिय स्थल कन्याममा पनि शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको छ । जिल्लामा नयाँ सम्भावनाहरुको पहिचान गर्ने, होटल तथा लजहरुलाई व्यवस्थित गर्ने तथा तालीम प्रदान गर्ने काम भइरहेको छ ।

    चारखोलाको जिल्ला भनेर चिनिने इलाम सू
र्योदय दृश्यावलोकनका लागि प्रख्यात मानिन्छ । अन्तुडाँडो, मिर्मिरे डाँडो, सन्दकपुर, सिद्धिथुम्का, पशुपतिनगर लगायतका स्थलहरु सूर्योदय दृश्यावलोकनका लागि अग्रणी मानिन्छन् । नेपालमा चियाको मुल थलो इलामलाई मानिने गरिन्छ । चियाबारीको सुन्दरता र यसको महत्वलाई आधार मानेर चियार्-पर्यटनको प्रवर्दन पनि थालिएको छ । शान्ति र विकासका लागि सञ्चार मञ्च इलामले चियार्-पर्यटनको अवधारणा विकास र प्रवर्दनमा बिशेष जोड दिएको मञ्चका महासचिब तोयानाथ भट्टर्राईले वताए । 'चियार्-पर्यटनमार्फ प्रकृतिको सदुपयोग हुनेछ' उनले भने । विभिन्न जात-जातिको आवासभूमि इलाम सांस्कृतिक रुपले अनेकतामा एकताको थलोको रुपमा पनि लिने गरिएको छ । यहाँ धाननाच, च्याब्रुङ्ग, चण्डीनाच, मारुनीनाच, वालन, संगीनि, डम्फूनाच आदि जातीय सांस्कृतिक परम्परा हुन ।

 

नेपालमा लोप हुन लागेका लाप्चा जातीको संग्राहलय र संस्कृति अर्को आकर्षा मान्ने गरिन्छ । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएका माइपोखरी, गजुरमुखि, माङसेबुङ्ग, पाथिभरा, पञ्चकन्या देवीलाई धार्मिक पर्यटकिय स्थलका रुपमा लिने गरिन्छ । चियाको राजधानीको रुपमा लिने गरिएको फिक्कल बजार पर्यटकहरुको प्रमुख जक्सन हो । जैविक विविधताले महत्वपूर्ण मानिएको इलाममा विश्वबाट लोप हुन लागेको जनावर रेडपाण्डालाई संरक्षित गरेर पर्यटक भित्राउन पनि थालिएको छ । रेडपाण्डा हेर्नका लागि नेपालको विभिन्न जिल्ला  भारत र तेस्रो मुलुकका पर्यटक आउने गरेको चोयाटार सामुदायिक वन समुह, जमुनाकी अध्यक्ष गोपिका गुरुङ्गले बताउनुभयो । पर्यटकलाई रेडपाण्डा देखाउनका लागि सामुदायीक वनमा एक जना पोटर, २ जना वन अभिभावक र २ जना गाइडको व्यवस्था गरिएको छ । वन समुहले रेडपाण्डा हेर्न चाहाने नेपाली पर्यटकबाट ५ सय र विदेशि पर्यटकबाट एक हजार रुपैया प्रवेश सुल्क लिने गरेको छ । यस्तै  रेडपाण्डा देखाउन सहयोग गर्ने २ जना गाइडले एक पर्यटकबाट दैनिक ६ सय रुपैया लिने गरेको स्थानीय कुमार गुरुङ्गले जनाए । मनोरम प्रकृति र सास्कृतिक सम्पदाको धनी इल्ाममा यी दुवैलाई सदुपयोग गरेर पर्यटन विकासको काम भइरहेको छ ।


COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info