TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

प्रेम साटन इलाम आउनु

illam jodi.jpg

युवराज गौतम

इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।

मुलुकमा शान्ति स्थापना भएपछि दैनिक यहाँका हरिया चियावारी डाँडामा प्रेमजोडीहरु भेटन सकिन्छ । यतिवेलाको मौसम सामान्य भएपनि पारिलो घामले जोडीहरुलाई आनन्द दिएको छ । मौसममा आएको परिवर्तनले चियाका बुट्टाहरुमा थप हरियाली छाएको छ । चियाका बुट्टामा छलिएर र सल्लाघारीभित्र लुकेर मजा लिनेको संख्या बढदै गइरहेको छ । बनभोजका लागि अब्बल गन्तब्य वनेको पूर्वञ्चलको चर्चित स्थल कन्याममा सबैभन्दा बढीको संख्यामा प्रेमजोडीहरु भेटन सकिन्छ । प्रेमजोडीहरु मेचीराजमार्ग मार्फ
त् मोटर साइकलमा लिपिक्कै टासिएर कन्याम यात्रामा हुन्छन् । राजधानीबाट इलाम यात्रामा निस्कने महेश र जवाले पनि पहिलो रोजाइ कन्यामलाई बनाउनु अनौठो चाहीं होइन् । उनिहरुभन्छन-'फोटोमा हेर्दा र अखवारमा पढदा त कन्याम नै उपयुक्त छ जस्तो छ ।'

इलाम जिल्लाका हरेक डाँडाँलाई चियावारीले भरिएकोले प्रेमजोडीका लागि उपयुक्त स्थान भएको छ । पशुपतिनगर, बौद्धधामको सल्लाघारी, पञ्चकन्या मन्दिरको दर्शन र नजिकै करफोकको सल्लाघारी साथै इलामसदरमुकाममा रहेका चियावारी अनि त्यसवीचमा रहेको लभडाँडो पनि प्रेमजोडीका लागि उचित छ । चियावारी ठूलो क्षेत्रफलमा फैलिएकाले प्रेमजोडीलाई जस्तोसुकै क्रियाकलाप गर्न पनि अप्ठेरो छैन् । तर समाजलाई नपच्ने दृश्यहरु गर्ने प्रबृत्ति वढदै गइरहेको प्रति कन्यामका पर्यटनकर्मी अनिष र्राई दुख व्यक्त गर्छन् । उनि भन्छन-'स्थानिय समाजलाई नपच्ने दृश्यले विकृति भित्राएको छ, त्यसलाई रोक्ने कुनै संयन्त्र छैन ।' हुन पनि घुम्न आएका पर्यटकलाई अवरोध गरे व्यवसायलाई नै अवरोध पुग्ने सरोकारवालाहरुको ठम्याइ छ । भारतीय पर्यटकहरु बढीमात्रमा आउने सिमावर्ती अन्तुडाडो र त्यसक्षेत्रका चियावारी, सल्लाघारी पनि प्रेमजोडीका लागि उचित गन्तव्य हो । सबै किसिमका पर्यटकको रोजाइ कन्याम नै रहे तन्नेरीहरुका लागि झनै उपयुक्त स्थानका रुपमा गनिन्छ । प्रायजसो तन्नेरीहरु मोटरसाइकलमा हुइकीएर आउने गरेका छन् ।

। स्थानिय लेखनाथ दाहाल भन्छन-'मोटरसाइकल एकछेउमा राखेर जोडीहरु चियावारीमा हराउने गर्छन,'यतिवेला पनि २० देखि २५ वटासम्मको समूह मोटरसाइकलमा आउछन अझ गाडीमा त कति हो कति ।'
इलामका हरेक जसो स्थानहरु धेरै उचाइमा रहेकाले तराइका फाँटहरु, हिमश्रृखला साथै हरियाली दृश्यहरु हेर्न पाइने भएकाले बार्‍हैकाल पर्यटकहरु आउने गर्छन् । चियावगानमा मजा लिन आउने पर्यटकले नेपाली चियाको इतिहास,यसको खेती तौर तरिका, किसानको जीवनस्तर, मुना टिप्ने तरीका, कारखानाहरु र त्यसमा चिया प्रशोधन गर्ने तरिकाका वारेमा बुझाएर लामो समय सम्म पर्यटक भुल्याउन काम थाल्नु पर्ने टि-टुरिज्मको प्रवर्दन गरिरहेको संस्था 'शान्ति र विकासका लागि सञ्चार मञ्च'का महासचिब तोयानाथ भट्टराईको भनाइ छ ।

इलाम आउने जोडीका लागि विश्वासिलो धार्मिक स्थल पाथिभरा देवी प्रमुख मानिन्छ । पाथिभरा आइपुगेका जोडी देवीलाई दर्शन गरेर कसम खाने गर्छन, कतिपयले देवीलाई नै साछि राखेर लगनगाँठो बाध्ने गर्छन् । पाथिभरामा आएर वाषिर्क पचास भन्दा वढी जोडीले लगनगाँठो बाध्ने गरेको स्थानीय गोपाल निरौलाले वताए । पाथीभरा देवीको दर्शन पछि करिब तीन किलोमिटर मात्र टाढा रहेको कन्याम चियावारीमा प्रेमजोडीहरु हराउने गर्छन् । प्रेमजोडीका लागि उपर्युक्त गन्तव्य वन्दै गएको इलाम पर्यटन विकासमा पनि उचाइ लिदै गइरहेको छ ।
भिरालो जमीन, ओसिलो भुभाग, हरियाली चियावारी, आधुनिक जिवनशैली र स्वच्छ हावापानी भएको पारिपट्ट दार्जिलिङ पनि लभजोडीका लागि उपयुक्त स्थान हो । दार्जिलिङका हरेकजसो स्थानहरु पर्यटकिय भएकाले जोसुकैलाई उपयुक्त छ । दार्जिलिङको रकगार्डेन, चौरस्था, बतासे लुप, मिरिक झिल, ओकाइटि चियाकमान लगायतका क्षेत्र आकर्षक गन्तव्य हुन् । नेपालका अधिकासं क्षेत्रबाट  इलाम पुगेका मानिसहरु दार्जिलिङ नपुगी र्फकदैनन् । झनै लभजोडीका लागि दार्जिलिङ अब्बल गन्तव्य हो । झापाको काकडभिट्टा नाका र इलामको पशुपतिनगर नाकामार्फ दार्जिलिङ प्रवेश गरेपछि यहाका हरेक जसो स्थलहरु आकर्ष छन् ।  

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info