कास्की, पोखरा ,फाल्गुन १३ - पोखराको अर्मलाको ढिकीडाँडामा प्याराग्लाइडिङ उडाउदै गर्दा दुर्घटना भएर रसियन पाइलट किडी आस्किन अलेक्जन्डरको बिहीबार मुत्यु भएको छ ।
जमीनबाट लगभग ३० मिटर माथिबाट खसेका उनको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई स्थानीय चरक अस्पतालमा मृत घोषणा गरिएको थियो ।
उनी चार दिन अघि मात्र प्याराग्लाइडिङ उडानका लागि आएका थिए ,३८ बर्षीय अलेक्जन्डरको टाउकोमा चोट लागेको कारण मुत्यु भएको हो ।
COMMENTS