काठमाण्डौ, ८ मंसिर - नेपालका पर्यटकीय गन्तव्यको पहिचान गराउने लगायत आन्तरिक पर्यटनका प्रबर्दन गर्ने उद्धेश्यले आज बाट तेस्रो रष्ट्रिय पर्यटन मेला सुरू भएको छ ।
भृकुटी मण्डपको प्रदर्शनी हलमा सुरू भएको उक्त मेला आगामी मंसिर १० गते सम्म चल्ने आयोजकले बताएका छ । नेपाल पर्यटन बोर्डको आयोजनामा सुरूभएको उक्त मेलामा नेपालका स्थापित तथा नया पर्यटकीय गन्तब्यहरूको सचित्र जानकारी गराइनुको साथै पर्यटनसंग सम्बन्धित विभिन्न सेवा प्रदान गर्ने, शैक्षीक तथा तालिम प्रदायक संघ संस्थालाई एकै थलोमा जमघट गराइने आयोजकले जनाएको छ । मेलामा विभिन्न पर्यटन संग सम्बन्धित सरकारी गैरसरकारी संघ संस्थाहरू, जिल्ला विकास समितिरू, पर्यटन विकास समितिहरू,विभिन्न ट्रष्ट तथ विकास समितिहरू, पर्यटन संग सम्बन्धित प्रकाशनहरू, विभिन्न औधिगिक प्रतिष्ठान गरी करिब ८३ वटा स्टलहरू रहेका छन् । मेलाका अवसरमा पर्यटकलाई अकर्षण गर्ने हेतुले दोलखा, रामेछाप, तनहु, सिन्धुपाल्चोक तथा गोरखा जिल्लाका सास्कृतिक विविधता झल्काउने कार्याक्रम तथा झाकीहरू समेत प्रदर्शन गरिनुका साथै बृत्तचित्र समेत प्रदर्शनी गरिनेछ ।
COMMENTS