TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

एकलाख बिरुवा रोपियो,सबै ठूलाबडा वृक्षारोपणमा

काठमाडौँ, ५ भदौ - दिनहुँजसो कुनै न कुनै गोष्ठी, सम्मेलन वा अन्य औपचारिक कार्यक्रममा अतिथि वा सहभागी हुने देशका वरिष्ठ राजनेताहरु शुक्रबार बिहान एउटा पृथक् खालको कार्यक्रममा सहभागी बने।

हातमा विभिन्न जातका बिरुवा लिएर रोप्न क्रियाशील उनीहरुलाई विद्यालयका विद्यार्थीदेखि समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र सर्वसाधारणले साथ दिएका थिए।

बाग्मती नदीको मुहान क्षेत्रका डाँछी, गागलफेदी, कपन, गोकर्ण, बूढानीलकण्ठ, नयाँपाटी, चुनिखेललगायत १२ स्थानका खाली पाखामा राष्ट्रपतिदेखि मन्त्री, राजनीतिक दलका नेतादेखि स्कुले विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न स्थानीय सङ्घसंस्थालगायत सर्वसाधारणले वृक्षरोपण गरेका थिए।

यसरी सबैलाई एउटै अभियानमा सहभागी हुने अवसर वन तथा भू-संरक्षण मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षणले जुटाइदिएको थियो।

मन्त्रालय र कोषको समन्वयमा आज एकसाथ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ तथा बाग्मती किनारमा एक लाख वृक्षरोपण गरी बाग्मती बचाऔँ भन्ने अभियानको आयोजना गरिएको थियो।

राष्ट्रपति रामवरण यादवले काठमाडौँको डाँछी गाविसको फिरफिरे डाडाँमा रुद्राक्षको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरे। उनले बाग्मती सभ्यतालाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै रोपिएका बिरुवाहरुको जगेर्ना गर्नुपर्ने बताए।

वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा र वातावरणमन्त्री ठाकुर शर्मा पनि त्यही थिए।

त्यसैगरी गागलफेदी गाविस-९ ढकाल गाउँमा आयोजित वृक्षरोपण समारोहमा प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले पनि बिरुवा रोपेर अभियानको थालनी गरे।

गागलफेदी गाविस वडा नं. ७ स्थित ठाडोपाखामा कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छेदारले बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरे।

यस्तै कपन गाविस-६ को टापु डाँडामा सभामुख सुवासचन्द्र नेम्बाङले लप्सी, बकैना र रिठ्ठाको बिरुवा रोपे।

कपन गाविसकै भन्ज्याङमा आयोजित वृक्षरोपण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त्ा चौधरी र गृह राज्यमन्त्री मुहमद रिजवान सहभागी थिए।

यस्तै कपन गाविसकै चनडाँडामा पनि वृक्षरोपण गरिएको थियो। सो अवसरमा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्गबहादुर विश्वकर्माले विभिन्न जातका बिरुवा रोपे।

बूढानीलकण्ठ चिस्सेनी पाखामा एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्मा र उद्योग राज्यमन्त्री दानबहादुर कुर्मी चौधरी थिए।

गोकर्णेश्वर वडा नं ७ नाइडोलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबरा र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले बिरुवा रोपे।

गोकर्णेश्वर-६ भगवतीस्थानमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, सिँचाइमन्त्री बालकृष्ण खाँड र काङ्ग्रेस नेत्री आरजु देउवाले वृक्षरोपण गरे।

नयाँपाटी गाविस-६ बालसुधार उच्च माविमा गरिएको वृक्षरोपणमा तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धु्रवबहादुर प्रधान सहभागी थिए।

यसैगरी कपन गाविसको रातोमाटो डाँडामा नेकपा (माले)का महासचिव सी.पी. मैनाली, भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका थिए भने चुनिखेल वडा नं ८ र ९ भद्रकालीमा आयोजित वृक्षरोपण कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बिरुवा रोपे।

 

वृक्षरोपणका अवसरमा सहभागी प्रमुख अतिथिदेखि सर्वसाधारण सबैले काठमाडौँ उपत्यकामा घट्दै गइरहेको वन क्षेत्रले यहाँको वातावरण प्रदूषणलाई बढाएकोमा चिन्ता व्यक्त गर्दै एकैपटक यतिधेरै बिरुवा रोप्ने अभियान प्रशंसनीय रहेको र यसको दिगो संरक्षण हुन सकेमा उपत्यकाको हरियालीको वृद्धि र बाग्मती नदीलाई स्वस्थता र सुन्दरता कायम हुने विश्वास व्यक्त गरियो।

आफ्नो डाँडापाखामा देशका राष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, कार्यवाहक प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूलाई प्रमुख अतिथिका रूपमा उपस्थित भएर वृक्षरोपण गरेको देख्दा स्थानीयवासीहरु निकै हर्षित देखिन्थे।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरेको एक व्यक्ति एक बिरुवाको नीतिअनुरूप देशभर यस वर्षभित्र प्रत्येक व्यक्तिबाट एक-एकवटा बिरुवा रोपण गरिने अभियानको थालनी गरिएको हो।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info