TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

यु १९ विश्वकप छनोटमा नेपालको शानदार जीत

 काठमाडौं, साउन १२- नेपालले आयरल्यान्डमा बिहीबार सुरु आइसिसी यु-१९ विश्वकप छनोट शृंखलामा अफगानिस्तानलाई ४२ रनले पराजित गरेको छ। योसँगै नेपालले फेब्रुअरीमा थाइल्यान्डमा एसिसी यु-१९ इलाइट कपको फाइनलमा अफगानिस्तानसँग पाएको ६१ रनको पराजयको बदला लिएको छ।

डब्लिनस्थित अब्जरभेसन लेन रेथमाइन्समा ओपनर सुवास खकुरेलले अर्द्धसतक बनाए पनि टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ ४४.३ ओभरमा १ सय ५४ रनमा समेटिएको थियो। जवाफमा आएको उपकप्तान राहुल बिकले ४ तथा कप्तान पृथु बाँस्कोटाले ३ विकेट लिएपछि अफगानिस्तानलाई नेपालले ३८.५ ओभरमा १ सय १२ रनमा समेटियो।

'सुरुआत हामीले जुन हिसाबले गर्‍यौं, त्यो अनुसार ब्याटिङ गर्न सकेनौं। मध्यपंक्ति फेरि चल्न सकेन। तर बलिङ र फिल्डिङ हाम्रो निकै उत्कृष्ट रह्यो,' नेपालका प्रशिक्षक जगत टमाटाले टेलिफोनमा नागरिकसँग भने,'राहुल बलिङ गर्न आएपछि खेल एकाएक परिवर्तन भयो।' टमाटाले नेपाली खेलाडी आयरल्यान्डको चिसो मौसममा भिज्न अझै समय लागिरहे पनि त्यहाँ रहेका नेपाली समर्थकको न्यानो अभिवादनले खेलाडीलाई राम्रो खेल्न हौस्याएको बताए। बिहीबार डब्लिनको तापक्रम १२ डिग्री थियो। नेपालको विजयपछि त्यहाँ रहेका झन्डै २ सय समर्थक खुशी मनाउन मैदानमा प्रवेश गरेको क्रिकइन्फोले जनाएको छ।

ओपनरद्वय सुवास र फैजलुर रहमानले ९ ओभरमा ५४ रन जोड्दै सानदार सुरुवात दिलाए। फैजलुर आउट भएपछि यो साझेदारी टुटेको थियो। म्यान अफ द म्याच सुवासले ९४ बलको सामना गरी ५ चौकासहित ५४ रन बनाए। उनी २९औं ओभरमा छैटौं खेलाडीका रूपमा आउट हुँदा नेपालको खातामा १ सय ९ रन थियो। फैजलुर ३१ बल खेली ४ चौकाको मद्दतले २६ रन बनाए।

सागर पुन ३ र नरेश बुढाऐर ११ रनमात्र बनाउन सके। पृथु पहिलो बलमा आउट भए। मुख्य आशा गरिएका प्रदीप ऐरी २ रनमा रनआउट भए। राजेश पुलामीले २० र राहुलले १० रन बनाएपछि नेपालले १ सय ५० रन पार गरेको थियो। कृष्ण कार्की र अविनाश कर्ण २-२ रनमा आउट भने भुवन कार्की ७ रनमा अविजित रहे।
अविनाशले पहिलो ओभरमै जावेद अहमादीलाई आउट गरी नेपाललाई पहिलो आशा दिलाए। दोस्रो विकेट लिन नेपालले १९औं ओभर पर्खनुपर्‍यो। त्यतिखेर अफगानिस्तानले ५७ रन जोडिसकेको थियो। राहुलले अफगाती कप्तान शिर सिरजाईलाई २१ रनमा कट एन्ड बोल्ड गरे। देब्रेहाते स्पिनर राहुलले नाजिबुल्लाह जारदान (५) लाई आउट गरे।

६६ रन बनाउँदा अफगानिस्तानले ५ विकेट गुमाइसकेको थियो। अफ स्पिनर पृथुले एकै ओभरमा २ विकेट लिई नेपाललाई विजयको बाटो देखाए। त्यसपछि राहुलले २ विकेट थपे भने मध्यम गतिका बलर कृष्ण कार्कीले २ विकेट लिए। राहुलले ७.५ ओभरमा २३ रन खर्चे भने पृथुले १० ओभरमा २ मेडन राख्दै २२ रन खर्चे।
राउन्ड रोबिन लिगका आधारमा खेलाइने १० राष्ट्रसम्मिलित प्रतियोगितामा शीर्ष ६ टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने यु-१९ विश्वकपमा छनोट हुने प्रावधान छ। नेपालले शुक्रबार स्कटल्यान्डको सामना गर्नेछ।

अफगानी खेलाडीविरुद्ध नेपाली दर्शक
नेपालको इनिङ समाप्त भएपछि अफगानिस्तानका तीब्र बलर अफताब आलम नेपाली दर्शकसँग झगडा गर्न गएका थिए। नेपाली टोलीको समर्थन गरिरहेका अवस्थामा आलम नियन्त्रण गुमाउँदै उनीहरूमाथि जाइलाग्न गएको प्रशिक्षक टमाटाले बताए। नेपाली टोली नै गएर त्यो झगडा छुटाएको टमाटाले बताए। नागरिक

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info