काठमाडौ, भाद्र २१ - शैलेश राणाले पहिलो एनएसए राष्ट्रिय खुला तथा उमेर समूह पौडी च्याम्पियनसिपमा आइतबार पाँच स्पर्धामा स्वर्णपदक जितेका छन् ।
चीनमा हुने १६ औं एसियाली खेलकुदका लागि छनोट हुन सफल शैलेशले पहिलो दिन ६ स्पर्धामा प्रतिस्पर्धा गरे । उनले एक सय मिटर ब्याकस्ट्रोकमा भने दोस्रो स्थान हासिल गरे ।
शैलेशले दुई सय मिटर फि-स्टायल, एक सय मिटर बटरफ्लाई, दुई सय मिटर इन्डिभिजुअल मिड्ले र एक सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान हात पारे । उनले दुई सय मिटर फ्रि-स्टायलको दूरी २ मिनेट २८:३८ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा नेपाली सेनाका दिलीप थापामगर दोस्रो तथा बाबाका प्रवेश अधिकारी तेस्रो भए । दिलीप र प्रवेशबीच कडा प्रतिस्पर्धा भयो । दिलीपले २ मिनेट ३६:०९ सेकेन्ड र प्रवेशले २ मिनेट ३६:९७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए ।
एक सय मिटर बटरफ्लाईमा शैलेशको समय १ मिनेट ११:५४ सेकेन्ड रह्यो । दोस्रो स्थान हासिल गरेका सेनाका भीमबहादुर केसीले १ मिनेट १७:४७ सेकेन्ड तथा तेस्रो भएका बनिन सहेन्सा श्रेष्ठले १ मिनेट १८:९३ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
चार सय मिटर फ्रि-स्टायलमा शैलेशले ५ मिनेट १५:९४ सेकेन्डको समय निकाले । दोस्रो भएका प्रवेशले ५ मिनेट ४१:९१ सेकेन्डमा पौडी पूरा गरे भने चाँदबागका शिरीष गुरुङले ५ मिनेट ४३:८८ सेकेन्डसाथ तेस्रो स्थान ओगटे ।
दुई समय मिटर इन्डिभिजुअल मिड्लेमा शैलेशले २ मिनेट ४९:८४ सेकेन्ड, बनिनले २ मिनेट ५४:२५ सेकेन्ड तथा शिरीषले २ मिनेट ५५ सेकेन्डसाथ क्रमश: शीर्ष तीन स्थान हासिल गरे । एक सय मिटर ब्याकस्ट्रोकमा शैलेशको समय १ मिनेट १४:२२ सेकेन्ड रह्यो । बनिन १ मिनेट २१:०४ सेकेन्डमा दोस्रो तथा सेनाका किसिमलाल थारू १ मिनेट २१:९४ सेकेन्डसाथ तेस्रो भए ।
शैलेशलाई एक सय मिटर ब्याकस्ट्रोकमा भने सेनाका पुष्पराज शाहीले पछि पारे । पुष्पले १ मिनेट १५:०३ सेकेन्ड र शैलेशले १ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पारगरे । १ मिनेट २१:४७ सेकेन्डसाथ आर्मीका किसिमलालले तेस्रो स्थान हासिल गरे ।
एसियाडमा छनोट भएकी शैला राणाले तीन स्पर्धामा स्वर्ण जितिन् । उनले दुईमा दोस्रो स्थान हासिल गरिन् । दुई सय मिटर फ्रि-स्टायलमा शैलाले २ मिनेट ३९:९७ सेकेन्डमा दूरी पूरा गरिन् । उक्त स्पर्धामा ओसिन भारती र श्रेया धितालले दोस्रो तथा तेस्रो स्थान हासिल गरे । शैला एक सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट २२:३१ सेकेन्डसाथ पहिलो भइन् । ओसिन र लिंकनकी श्रेयाले क्रमश: दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।
दुई समय मिटर इन्डिभिजुअल मिड्लेमा पनि तीनै खेलाडी शीर्ष स्थानमा रहे । शैलाले ३ मिनेट ०३:०३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।
यस्तै उमेर समूहअन्तर्गत ११-१२ वर्ष ब्वाइज ५० मिटर बटरफ्लाईमा चाँदबागका शिरीष गुरुङले पहिलो स्थान हासिल गरे । उक्त स्पर्धामा लिटिल एन्जल्सका शिशिर थापा र संरक्षण थापा दोस्रो तथा तेस्रो भए । उक्त स्पर्धाको गल्र्समा बि्रटिसकी अदीति घिमिरे पहिलो, अञ्जली स्याङ्बो दोस्रो तथा लिंकनकी अदीति ढकाल तेस्रो भए । शिरीषले ५० मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण जिते ।
खुला एक सय मिटर महिला बटरफ्लाईमा आसिन पहिलो भइन् । उनले १ मिनेट २२:०९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । शैला र श्रेया दोस्रो तथा तेस्रो भए । ओसिनले एक सय मिटर ब्रेस्टस्ट्रोकमा पनि पहिलो स्थान हासिल गरिन् ।source:ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS