TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

स्पेनलाई विश्वकप उपाधि

world cup troffy.jpg

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे । दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन् । युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो । बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन् ।

स्पेनी टिमको प्रभुत्व रहेको खेलमा इंग्ल्यान्डका रेफ्री हवार्ड वेबले सुरुआती ९० मिनेटमा नौ पहेंलो कार्ड देखाएका थिए । अतिरिक्त समयको दोस्रो हाफमा डच डिफेन्डर जोन हेटिङ्गाले दोस्रो पहेंलो कार्डसँगै मैदान छाडे । स्पेनले विश्वकप फाइनल खेलेको पनि यो पहिलो हो । स्पेन दुई वर्षअघि युरोपेली विजेताका रूपमा दक्षिण अफ्रिका आएको थियो ।

स्पेन विश्वकप जित्ने आठौं देश भएको छ । विश्वकप इतिहासमा १३ औं पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५० मा चौथो स्थानमात्र हो । सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । नेदरल्यान्ड्सले अन्तिम मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो ।

नेदरल्यान्ड्स विश्वकप फाइनलमा हारेको यो तेस्रोपल्ट हो । यसअघि नेदरल्यान्ड्स सन् १९७४ मा पश्चिम जर्मनी र सन् १९७८ अर्जेन्टिनासँग पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन । त्यसमा डच फरवार्ड आर्जेन रोबेनले दुई सुन्दर अवसर गुमाएका थिए । त्यो नै नेदरल्यान्ड्सको दुर्भाग्य रह्यो ।

अक्टोपसको सबै भविष्यवाणी मिल्यो

स्पेन विश्वकपको नयाँ विजेता बनेसँगै अक्टोपस 'पल' को सबै भविष्यवाणी आइतबार राति सही सावित भएको छ । उसले स्पेनले विश्वकप जित्ने भविष्यवाणी गरेको थियो । यसअघि उसले जर्मनीको सात खेलमा गरेको भविष्यवाणी पनि मिलेको थियो ।साभार कान्तिपुर


COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info