काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
जोहनर्सवर्ग स्थित सकर सिटी रंगशालमा भएको उक्त खेलमा ब्राजिल ६ अंक सहित प्री क्वाटर फाइनलमा प्रवेश गरेको हो । विश्वकपको दावेदार ब्राजिलका लुइस फयावियानोले २५ मिनेट र ५०
मिनेटमा दुई गोल गरे भने ६२ औ मिनेटमा इलानोले तेस्रो गोल गरेका थिए ।
यस्तै ९० मिनेटको सो खेलको दोस्रो हाफमा ७९ मिनेटको समयमा अफ्रिकी मूलुक आइभोरीकोष्टका डिडिएर ड्रोग्बाले १ गोल गरेका थिए ।
COMMENTS