TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

आजदेखि विश्वकप सुरु

723world cup logo and truffi.jpg

काठमाडौ, जेष्ठ २८ - विश्वकप फुटबल पारखीको चारवर्षे प्रतीक्षाको घडी समाप्त हुँदै छ । सर्वाधिक लोकप्रिय खेलको महाकुम्भ 'विश्वकप दक्षिण अफ्रिकामा शुक्रबार साँझ प्रारम्भ हुन लागेको छ ।

विश्वकपको १९ औं संस्करणले फरक महत्त्व बोकेको छ, अफ्रिकी महादेशमा सर्वाधिक ठूलो फुटबल उत्सवको पहिलो आयोजना । अन्तर्राष्ट्रिय फुटबल महासंघ

(फिफा) ले अफ्रिकामा २०१० को आयोजना गर्ने घोषणा आठ वर्षअघि गरेको थियो । त्यसमा दक्षिण अफ्रिकाले मोरक्को र इजिप्टलाई पछि पार्न सफल रह्यो ।

रंगभेद विरुद्धको आन्दोलनका नायक नेल्सन मन्डेलाको अगुवाइमा दक्षिण अफ्रिकाले विश्वकप आयोजना दाबी गरेको थियो । रंगभेद विरुद्धको राजनीतिक आन्दोलनमा सफलता चुमेका उनले आखिरमा विश्वकप फुटबल दक्षिण अफ्रिकामा भित्र्याई छाडे ।

विश्व फुटबल नयाँ महारथी बन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । कुल २ सय ४ राष्ट्रले दक्षिण अफ्रिकी यात्राका लागि प्रयास गरेका थिए । दक्षि
ण अफ्रिकाले आयोजकका नाताले स्वतः प्रवेश पायो ।

दक्षिण अमेरिकाका ५, उत्तर अमेरिकाका ३, ओसियानाका १, अफ्रिकाका आयोजकसहित ६, युरोपका १३ र एसियाका ४ टिम सहभागी छन् । एसियाको प्रतिनिधित्व अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया र जापानले गर्नेछन् ।

नेपालले यो विश्वकप छनोटमा तीन वर्षअघि प्रतिस्पर्धा गरेको थियो । त्यसमा नेपाल सफल रहेन । नेपालले छनोटको पहिलो चरणमा ओमानसँग खेल्यो । नेपाल घरेलु भूमिमा २-० र मस्कटमा २-० ले पराजित भएको थियो । नेपालसँग पाँच पल्टको विश्वकप छनोट अनुभव छ । नेपालले अहिलेसम्म पहिलो चरण पनि पार गर्न सकेको छैन ।

विश्वकपलाई फर्केर हेर्ने हो भने ब्राजिल सर्वाधिक सफल टिम हो । उसले पाँचपल्ट ट्रफी चुमेको छ । दोस्रोमा इटाली छ । डिफेन्डिङ च्याम्पियन उसले चारपल्ट जितेको छ । उसका सामु उपाधि रक्षासँगै ब्राजिलको कीर्तिमान बराबरी गर्ने चुनौती छ ।

स्न १९३० बाट सुरु विश्वकपमा ब्राजिल र इटालीसँग लगातार दुईपल्ट ट्रफी चुमेको इतिहास छ । इटाली १९३४ र ३८ तथा ब्राजिल १९५८ र ६२ मा च्याम्पियन भएका थिए । 

दक्षिण अफ्रिकाले विश्वकप आयोजना
का लागि ९ सहरमा दस रंगशाला तयार पारेको छ । उद्घाटन र समापन जोहानेसवर्गस्थित सकर सीटी रंगशालामा हुनेछ । आयोजक दक्षिण अफिका र मेक्सिकोले नेपाली समयअनुसार बेलुका ७स्४५ बजे विश्वकपको पहिलो खेल खेल्नेछन् । त्यसअघि दुलहीझैं सुसज्जित सकर सीटीमा भव्य उद्घाटन हुनेछ । त्यसमा विश्व राजनीतिका 'रोल मोडेल मन्डेलासँगै ९० हजार उपस्थित हुनेछन् ।

लामो समयदेखि विश्वकप फुटबल पछ्याइरहेका नेपाली समर्थकका लागि अफ्रिकी मुलुकको समय उपयुक्त नै मान्नुपर्छ । दिनभरि काम सकेर साँझ र राति खेल हेर्न सकिनेछ । शनिबारदेखि तीन खेल हुनेछन् । पहिलो साँझ ५स्१५, दोस्रो ७स्४५ र तेस्रो खेल मध्यरात १२:१५ मा सुरु हुनेछन् ।

 

 

 

 

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info