युवराज गौतम
इलाम/इलाम नगरपालिकाका रोहण आचार्यको दैनिक जिवन दुइ वर्षअघि सम्म साथीहरु जम्मा गर्ने अनि लागुऔषध सेवन गरेर 'रिल्याक्स' गर्दैमा वित्दथ्यो । सायद त्यसवेला उनलाई लाग्दथ्यो सम्पूर्ण जिवन यसैगरी विताइदिउँ । चौबिसै घण्टा 'विन्दास' वसिदिउँ । तर रोहणको दैनिकी एकनास रहन सकेन विभिन्न संस्थाबाट चेतना मिलेपछि उनको हिजोआजको जीवन फरक किसिमको छ । उनीमात्र होइन उनी जस्ता दुई दर्जन युवा समूहको दैनिकी वदलीएको छ । यतिवेला उनीहरु लागुऔषध गर्न छाडौं भन्ने चेतना दिन थालेका छन् र सुर्तीजन्य वस्तुको नियन्त्रणका लागि एउटा अभियान नै लिएर घरदैलोमा पुग्न थालेका छन् ।
'हाम्रो अभियान सुर्ती जन्य बस्तुलाई इलामबाट विस्थापित गराउनु र लागुऔषध दर्ुर्व्यसनमा फसेका साथीलाई यस अभियानमा सामेल गराउनु हो' कुलतमा फसेका युवाहरुलाई सचेत गराउने संस्था वाच ग्रुपका संयोजक समेत रहेका रोहण आचार्यले भने-'लागुऔषध प्रयोगकर्तालाई हाम्रो अभियानमा ल्याउछौं र 'क्लिन' बनाएर नयाँ गोरेटोमा डोर्याउँछौं ।' स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल युवाकै नेतृत्वमा गठन गरेपछि सुर्तीजन्य वस्तुविरोधी अभियानमा युवा जुटेका हुन् । उनीहरुले र्सार्वजनिक स्थल, रक्सी पसल, किराना पसलमा गएर चुरोट खैनी नबेच्न आग्रह गर्ने मात्र होइन लागुऔषध प्रयोगकर्ता युवाको जक्सनसम्म पुगेर सुझाइबुझाइ समेत गर्ने गरेका छन् ।
'यतिवेला हामी र्सार्वजनिक स्थल, सरकारी कार्यलय होटल तथा अन्य पसलहरुमा समूहमा गएर सुर्तीजन्य पदार्थ नबेच्न आग्रह गरिरहेका छौं' स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जालका कोषाध्यक्ष सुदिप श्रेष्ठले भने-'भविष्यमा यस अभियानलाई व्यापकता वनाउने छौ र अभियानलाई सफल वनाएर नमुना जिल्ला सावित गर्ने योजनामा छौं ।' यसरी युवाहरुले थालेको सुर्तीजन्य वस्तु विरोधी अभियानलाई सभामुख सुभाषचन्द्र नेम्बाङ्ग, प्रमुख जिल्ला अधिकारी, जिल्लाका विभिन्न निकायलाई पनि सहयोग माग गरिएको छ ।
भारतसँग सिमाना जोडिएको इलाममा लागुऔषध ओसारपसार भारतको दार्जिलिङ, सिलिगुडी, छिमेकी जिल्ला झापा लगायतका क्षेत्रबाट हुने गरेको छ । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार २०५२/०५३ यतादेखि लागुऔषध प्रयोगकर्ताको संख्या बढन थालेको हो । गाँजा मात्र प्रयोग गरिदै आएको इलाममा पछिल्लो समयमा भेलियम, एभिल, प्रोक्सिभन टयावलेट देखि ब्राउन सुगर सम्म प्रयोग गर्ने युवाको संख्या बढन थालेको छ । इलाममा लागुऔषध दर्ुर्व्यसनलाई लक्षित गर्दै झापाको नाइटचेस क्लबले इलाममा आफ्नो शाखा विस्तार गरी रिकोभर भएका एकसय युवा लाई रोजगारी दिई क्लिन वनायो तर उक्त कार्यक्रम बन्द भएका कारण दर्ुर्व्यसन युवाको संख्या बढन थालेको हो । लागुऔषधकै केशमा २०६५/०६६ मा ६० जना व्यक्ती पक्राउ परेको ज्रि्रकाको तथ्याङ्क छ । सुर्ती जन्य वस्तु साथै अन्य लागु औषध प्रयोग नियन्त्रण गर्न युवाहरुकै सक्रियतामा वाच ग्रुप, स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल, युवा सुचना केन्द्र साथै महिला जागरण संघ लगायतका संस्था क्रियाशिल छन् । ती संस्थाहरुले चेतना जगाउने उद्देश्यले अन्तक्रिया, गोष्ठी, मोटरसाइकल र्याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
र्सार्वजनीकस्थलमा धुम्रपान र मध्यपान नियन्त्रणका लागि सुरु भएको यस अभियानले सरकारी कार्यालय र र्सार्वजनीकस्थलमा धुम्रंपान खान निषेध गर्ने योजना रहेको सञ्जालका संयोजक प्रकाश पोख्रेलले वताए । धुम्रपान र मध्यपान नियन्त्रण अभियानका लागि जिल्लाका एक सय बढी युवा युवती खटिएका छन् । अभियान टोलीले सरकारी कार्यालय, व्यापारीक केन्द्र र र्सार्वनीकस्थलमा धुम्रपान र मध्यपान बिक्रि वितरण गर्ने पसललाई सोहि स्थानमा प्रयोग नर्गन नदिन आग्रह गर्ने र प्रयोगकर्ता भेटिएमा तत्काल छोड्न लगाउने संञ्जालका संयोजक पोखरेलले बताए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS