युवराज गौतम
इलाम, बैशाख- गाउँमा स्थानीय टिमलाई सामेल गराएर फूटवल प्रतियोगिता आयोजना गर्नु त पुरानो गाउँले परम्परा नै हो । आसपासका गाउँले दर्शकको सामान्य हुटिङ अनि स्थानिय खेलाडीको खेल प्रदर्शनले फूटवलप्रेमीलाई उत्तिसारो सन्तुष्टि दिन सकिरहेको छैन् । तर पूर्वी इलामका गाउँहरुमा बाक्लै आयोजना हुन थालेका प्रतियोगितामा पारिपट्टी भारतको दार्जिलिङका टिमको सहभागिता वढदै जानथालेपछि स्थानिय स्तरमा फूटवलप्रतिको क्रेज त्रि्र रुपमा वढन थालेको छ ।
यसले वारिपारीका खेलाडी र खेलप्रेमी वीच साइनो प्रगाढ वनाउने अनि खेल कौशलता सिक्ने अवसर पनि प्रदान गर्न थालेको छ ।
" यहाँ आयोजना हुने हरेक जसो प्रतियोगितामा दार्जिलिङका टिमको सहभागिता भएन भने खेल खल्लो हुने गर्छु वर्षोनी आफ्नो गाउँमा प्रतियोगिता गराउँदै आएका पशुपतिनगर-२ का युवा मिलन र्राई भन्छन " दुवै तर्फको टिमको प्रतिस्पर्धा उत्कृष्ट र हेर्नलायक हुने गर्छ त्यसैले फूटवलप्रेमी पनि बढेका छन् ।" त्यसो त दार्जिलिङका हरेक क्षेत्रमा हुने प्रतियोगितामा नेपाली फूटवल
टिमको सहभागिता पनि बाक्लो नै हुने गरेको छ । " तर्फको खेलाडीको सिप र कौशलता कमी छैन्, दार्जिलिङका खेलाडीलाई नियमित प्रशिक्षण भएकाले अब्बल छन् तर प्रशिक्षणको अभाव झेलिरहेका नेपाली खेलाडी पनि उनिहरुसँग जुध्न कमजोर चाँही छैनन् ।" पशुपतिनगर-२ का युवा सत्यनचन्द्र राईले भने-" नियमित प्रतियोगिताले दुवै तर्फको खेलाडीलाई सिप सिक्ने र कला प्रदर्शन गर्ने अवसर जुरेको छ ।
हुनत दुवै देशका खेलाडी सहभागिता भएर प्रतियोगिता आयोजना हुनेक्रम त धेरै वर्षअघि देखिको हो । तर पछिल्लो समयमा स्थानिय युवा क्लबहरुले प्रतियोगिता आयोजना गर्ने क्रमलाई निरन्तरता दिन थालेपछि दार्जिलिङे टिमहरुको सहभागिता वाक्लिएको हो । पछिल्लो समयमा पशुपतिनगर, कट्टेबुङ्ग खेल मैदानमा स्थानिय पर्ूव क्षितीज युवा क्लब र नवज्योती युवा क्लबले आयोजना गरेको स्व।चक्रबहादुर गोले स्मृति नकआउट फूटवल प्रतियोगितामा जम्मा ४२ टि मध्ये १४ टिम दार्जिलिङका थिए । त्यस्तै फिक्कलको सुन्दरपानी खेलमैदानमा स्थानिय मिलेनियम फ्रेड्स क्लबले आयोजना गरेको प्रतियोगितामा ५४ टिम मध्ये एक दर्जन टिम दार्जिलिङ्गका नै थिए ।
दार्जिलिङका जिल्ला स्तरका खेलाडीहरुले नेपालका गाउँमा आएर खेल प्रदर्शनगर्न पाउनु सौभाग्य रहेको टिएमटी दार्जिलिङका गोलकिपर लेन्डुप डुक्पा वताउँछन् । " यो हाम्रो लागि ठूलो अवसर र खेल सिक्ने मौका पनि हो" उनले भने । नेपाली खेलाडीहरुले पनि दार्जिलिङको मिरिक, दार्जिलिङ, सौरेनी, सुकियापोखरी लगायतका स्थानमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गरेका र कतिपय स्थानमा फाइनलको उपाधी पनि हात पारेका छन् । "दुई देश विचको निरन्तर प्रतियोगिताले नेपाली खेलाडीलाई अनुशासनको दायरामा ल्याउन र सम्बन्ध गाढा वनाउन सहयोग पुगेको रेफ्री लोकराज ढुङ्गाना बताउँछन् ।
महिला टिमको पनि बाक्लो सहभागिता
पछिल्लो तिन वर्षो अन्तरालमा महिला फूटबल प्रतियोगितामा राष्ट्रिय उपाधि जितिसकेका इलामे महिला खेलाडीहरु वीच स्थानियस्तरमा प्रतियोगितामा सहभागितामा वाक्लो उपस्थिति हुन थालेको छ । पूर्वी इलामका गाउँहरुमा मात्र एक दर्जन वढी टिमहरु तयार भइसकेका छन् ।
उनिहरु स्थानिय प्रतियोगितामा सहभागि भएर आफ्नो खेल प्रदर्शन गर्न उत्सुक हुँदै गइरहेका छन् । मिलेनियम फ्रेडस क्लब, फिक्कलका अध्यक्ष जय राई भन्छन् " हामीले पनि महिलाहरुलाई प्रोत्साहन गरेर एउटा अब्बल टिम खडा गरेका छौं जसमध्ये जिल्ला स्तरमा पनि छनोटमा परिसकेका छन् ।" उनले भने- "अन्य गाउँमा पनि महिलाहरु भेला भएर टिम खडा गर्ने अनि अभ्यास पनि गर्न थालेका छन् । यसरी फूटवल प्रति देखिएको युवा क्रेज प्रति सरकारी चासो भने कमै मात्र रहने गरेको खेलाडीहरुको भनाइ रहेको छ ।
स्थानिय प्रतिभा ओझेलमा
दार्जिलिङका खेलाडीलाई किनेर नेपाली टिममा सहभागिता गराउने क्रम बढन थाले पनि स्थानीय प्रतिभा ओझेलमा पर्दै गएका छन् । अधिकांश नेपाली टिमले दार्जिलिङका खेलाडीलाई किनेर सामेल गराउने गरेका छन् । पशुपतिनगर-२ कट्टेबुङ खेल मैदानमा आयोजना गरिएको स्व. चक्रबहादु गोले नकआउन फूटवल प्रतियोगिताको फाइनल खेलमा ब्वाइज अफ योल्मू टिमले नौ जना खेलाडी मध्ये ६ जना खेलाडी दार्जिलिङबाट किनेर ल्याएको थियो । "
होमटिमुकै सहभागितामा फाइनलसम्म यात्रा तय गरेको योल्मूले फाइनल खेलमा गोलकिपर लगायत पाँच जना खोलाडीलाई किनेको थियो । "दार्जिलिङबाट खेलाडी किन्ने क्रमलाई तत्कालै रोकेर स्थानिय प्रतिभालाई प्रोत्साहन अभियान चाँडै शुरु गर्नेछौंु जिल्ला फूटबल संघका उपाध्यक्ष ज्ञानबहादुर र्राईले भने "यसले हामी आफैलाई बेफाइदा पुर्याउँछ ।" सरकारी स्तरबाट स्थानिय प्रतिभालाई प्रोत्साहन तथा प्रशिक्षण अभावले फूटबल खेल जिल्लामा उतिसारो फस्टाएको सकेको छैन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS