काठमाण्डौ, २६ माघ- साग प्रतियोगिता समापनको अघिल्लो दिन लगातार ५ स्वर्ण जित्न सफल नेपालले आज थप एक स्वर्ण आफ्नो पोल्टोमा पार्न सफल भएको छ ।
मंगलबार ढाकामा भएको म्याराथुनमा नेपाली धावक राजेन्द्र भण्डारीले नेपालका लागि थप एक स्वर्ण जित्न सफल भएका हुन । माघ १५ बाट सुरू एसियाली खेलकुद प्रतियोगिता सागको विभिन्न प्रतियोगितमा हिजो सम्म ७ स्वर्ण जित्न सफल नेपालले प्रतियोगितको अन्तिम दिन यो सुद्ध ८ वटा स्वर्ण पदक जित्न सफल भएको हो ।
४२ किमी को निर्धारित दुरीलाई भण्डारीले २ घण्टा ५९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । उनले श्रीलंका र भारतका धावकलाई क्रमश पछी पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन ।
COMMENTS