काठमाण्डौ, २४ असोज- दोस्रो राष्ट्रव्यापी खुल्ला बक्सिङ प्रतियोगिता शनिबारदेखि ललितपुरमा शुरू भएको छ। जावलाखेल मैदानमा निर्मित रिङमा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ४८ केजी तौल समूहमा बोसीगाउँका सुरेश बुढामगरले नवलपरासीका प्रकाश भट्टराईलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरे।
त्यसैगरी ५१ केजीमा राजकुमार महर्जन (बोसीगाउँ) ले मीन तामाङ (मेघदूत) लाई, लक्ष्मण तामाङ (एपीएफ) ले शंकर खड्का (कञ्चनपुर) लाई, बाबुलाल हेमरन (झापा) ले राजकुमार गुप्ता (पर्सालाई, योङ स्टार क्लबका राजन बलामीले टेकेन्द्र सेन (रोल्पा) लाई, सञ्जय कार्की (टिकाथली) ले सुनज शर्मा झापा) लाई र टोपबहादुर बोहरा (दाङ) ले गोपाल बस्नेत (झापा) लाई हराए।
५४ केजीमा सुमन लामा (मकवानपुर) ले टीकाराम कुमाल (टिकाथली) लाई, कृष्ण राई (झापा) ले धीरजकुमार जीएम (दाङ) लाई, पुरन राई (एपीएफ) ले नेपाल युवा बक्सिङ समूहका नरेन्द्र देसाईलाई, एपीएफकै युकेश नगरकोटीले उज्वल ठकुरी (पर्सालाई, धीरेन्द्र चन्द (कञ्चनपुर) ले कवीन्द्र महर्जन (एपीएफ) लाई पाखा लगाउँदै दोस्रो चरणको यात्रा तय गरे।
महिलातर्फ४६ केजी तौल समूहमा निशा गैरी (मेघदूत) ले शर्मिला खड्का (रूपन्देही) लाई, रम्बा विक (दाङ) ले पुजन तामाङ (मेघदुत) लाई र पार्वती गिरी (मकवानपुर) ले पिपला पुरी (रोल्पा) लाई पन्छाए। ५१ केजीमा माया चौधरी (एपीएफ) ले नेपाल युवा बक्सिङ क्लबकी मीना घलेलाई, सपना थापा (कास्की) ले मञ्जु नगरकोटी (मेघदूत) लाई तथा नेपाल युवा बक्सिङकै रूपा लामाले दिप्ती सिलवाल (टिकाथली) लाई हराउँदै दोस्रो चरणमा पुगे।
प्रतियोगितामा पुरुषतर्फ१२ तथा महिलामा ६ विधा समेटिएको आयोजक संघका प्रवक्ता श्याम अवालेले बताए। देशभरबाट जिल्ला र क्लब गरी २८ टिमका ४१ महिलासहित १ सय ७१ खेलाडीहरूको सहभागिता रहेको छ। यसअघि युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले मुख्य प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ ग्लोब हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो।
नेपाल बक्सिङ संघको तत्वावधान तथा ललितपुर जिल्ला बक्सिङ संघको अयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल बक्सिङ संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष रविराज थापा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिनाको समेत उपस्थिति थियो।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS