साउन, माइकल फ्लेप्सले फिना विश्व पौडी च्याम्पियनसिपमा अघिल्लो दिन २ सय मिटर प्रिस्टाइलमा भोगेको पराजयको निराशालाई मेटाउने क्रममा २ सय मिटर बटरफ्लाईमा नया विश्व कीर्तिमान कायम गरेका छन् ।
अमेरीकी खेलाडी फेल्पसले १ मिनेट ५१.५१ सेकेन्डमा दूरी पुरा गर्दै आफ्नै पुरानो कीर्तिमान लाई आधा सेकेन्डभन्दा बढीले उछिनेका छन् । बुधबार मात्र सात विश्व कीर्तिमान थपिएको छ । च्याम्पियनसिप समाप्त हुन अझै चार दिन बाकी रहेको अवस्थामा प्रतियोगितामा २२ विश्व कीर्तिमान बनिसकेका छन् । बेइजिङ ओलम्पिकका सुपर स्टार फेल्पस अघिल्लो दिन जर्मनीका पाउल बिइडेरमानसंग पराजित भएका थिए । फेल्प्सको चार बर्षा यो पहिलो हार थियो । बिइडेरमानले प्रतियोगितामा गरिरहेको सनसनी प्रदर्शनी लाई निरन्तरता दिने क्रममा २ सय मिटर फि्रस्टाइलमा फेल्पसलाई पराजित गरी स्वणपत्र मात्र जितेनन् नया विश्व कीर्तिमान पनि राखे । फेल्पसले चार गुणा सय मिटरमा यहा स्वणपत्र जतिसकेका छन् ।
COMMENTS