TODAY'S CARTOON

Todays Photo
Photo Gallery

विश्वमा एक अर्ब मानिस भोका



काठमाडौं, ७ असार

विश्वव्यापी आर्थिक मन्दीको कारण संसारमा भोकाहरुको संख्या एक अर्ब नाघेको छ । राष्ट्रसंघीय खाद्य अधिकारीहरुले बताएका छन् यो निराशाजनक संकेतले शान्ति र सुरक्षामा चुनौती खडा गरेको छ ।
युद्ध, खडेरी, राजनीतिक अस्थिरता, खाद्यको चर्को मूल्य तथा गरिबी र भोकले प्रत्येक ६ जनामा एक जनालाई प्रभाव पारेको राष्ट्रसंघको अनुमान छ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको प्रमुखका अनुसार  वित्तीय मन्दीले संकटलाई जटिल बनाएको र यो विश्वमन ज्यादै जोखिममा रहेका मानिसको लागि घातम मिश्रण भएको छ ।

समाचार एजेन्सीका अनुसार गतवर्षको तुलनामा १० करोडभन्दा बढी मानिस भोकको चपेटामा परेका र उनीहरुले दैनिक १८ सय क्यालोरीभन्दा कम उपभोग गरिरहेका छन् ।
संगठनका महानिर्देशक ज्याक्स डिओअफले शुक्रबार भने, विश्वको कुनै भाग पनि सुरक्षित छैन खाद्य असुरक्षाको बृद्धिबाट विश्वका सबै क्षेत्र प्रभावित छन् । यो संकट मानवीय भए पनि राजनीतक मुद्धा हो ।

विकाशील मुलुकमा चामल जस्ता खाद्य बस्तुको बढ्दो मुल्यले  गतबर्ष तनाब सिर्जना गरेको पनि उनीहरुको सम्झे ।अधिकारीहरुले रोममा नयाँ अनुमान प्रस्तुत गर्दे भोक र अस्थिताबीचको सम्बन्धको जोड दिन आग्रह गरेका छन् ।जोसेट्ट शिरनले  रोमस्थित राष्ट्रसंघीय खाद्य नियोग विश्व खाद्य कार्यक्रममा गतवर्ष भोका मानिसले कम्तिमा  ३० वटा मुलुकमा हुलदंगा गरेको बताए।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info