TODAY'S CARTOON

सिङ्गो गाउँ लालपुर्जाविहीन

फागुन २७ । मैली र मादले गाउँका ७८० हेक्टर जग्गाको अझै गाउँलेले पाउन सकेका छैनन् । वर्षौदेखि दुई जिल्लाको सीमा विवादले भुिसंगा र सोलुखुम्बुको गोली गाविस विचमा पर्ने ति दुई गाउँका वासिन्दा लालपुर्जाविहीन भएका हुन् ।

फोहोरबाट ग्यास

भक्तपुर, आश्विन १४ - तपाईंको घरबाट निस्कने कुहिने फोहोर फ्याँक्दै हुनुहुन्छ भने सोच्नुस्, फोहोरबाट मोहर पनि बन्न सक्छ ।

आजसम्म पनी जारी छ बर्बरता : एमनेस्टी

इराक़ी जेलमा ३० हज़ार भन्दा बढ़ी यस्ता बंधक  छन् ,प्रत्त्येक ब्यक्तिहरुलाई तिनिहरू माथी लगाइएको आरोप बर्षौसम्म साबित भएको छैन, तापनी यिनीहरु जेलमा बर्षौ देखि बर्बता पूर्ण व्यवहारका साथ बाच्न बिबश छन्.

दुःखको आशु

मुकुण्डो धारी समूहद्धारा असार २४ गते हत्या गरिएका एमाले नेता छविलाल कार्कीको अन्त्यष्टीका लागि शनिवार पशुपति आर्यघाटमा पुगेका उनका परिवार क्रमश दायाबाट साली, श्रीमती, छोरी र छोरा शोकाकुल अवस्थामा । तस्बिर अनुप भट्टराई

बल्ल बन्यो बाटो

दुई बर्षअघि काठमाण्डौको सिनामंगल स्थित भिमसेनगोला जोड्ने पुल भत्किएपछी बनाइएको डार्इभर्सन बाटोलाई पिच गरिदै । पिच नहुदा सो क्षेत्रको बातावरण २४ घण्टा धुलाम्मे हुने गरेको थियो । तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

गुम्बा विकास समिति पुनर्संरचना गरिने

काठमाडौं, ११ साउन: सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई पुनर्संरचना गरी देशभरका गुम्बा तथा अध्ययन केन्द्रलाई समेटेर बौद्ध दर्शन तथा गुम्बा विकास परिषद् बनाउने भएको छ ।

स्थानीय विकास मन्त्रालयअन्तर्गतको विकास समितिलाई प्रधानमन्त्री अध्यक्ष रहने गरी स्वायत्त परिषद् बनाउने गरी समितिको पुनसंरचना गर्न लागिएको हो । प्रस्ताव गुम्बा विकास समितिको सञ्चालक समितिले पुनर्संरचना नीतिलाई पारित गरेको समितिका उपसचिव भद्रबहादुर गोलेले बताए ।

उनका अनुसार विकास समिति ऐन २०१३ अनुसार सञ्चालन गर्न समितिलाई पर्याप्त काम गर्न गाह«ो भएकाले परिषद् गठन गर्न लागिएको हो । समितिमा हाल सीमित सम्प्रदायको मात्र प्रतिनिधित्व रहेको र बौद्ध दर्शनको प्रवद्र्धन तथा गुम्बा विकासमा प्रभावकारी भूमिका खेल्न नसेकेको उनले बताए । देशभर रहेका महायान, वज्रयान, थेरवाद समुदायभित्र नीङमापा, गेलुक्पा, काग्युल र शाक्यपा सम्प्रदायका बौद्ध धर्मावलम्बी भए पनि हाल समितिमा महायान सम्प्रदायको मात्र प्रतिनिधित्व रहेको छ ।

उपसचिव गोलेका अनुसार सबै बौद्ध समुदायका विशिष्ट धर्मगुरु तथा अध्येता, विश्वविद्यालयहरूका प्राचार्य, संस्कृतिविद्, समाजशास्त्री सम्मिलित स्वायत्त परिषद् गठन गरिनेछ ।परिषदले एक अर्को सम्प्रदायबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने गरी सबै सम्प्रदायको दर्शनलाई गहन खोज, अध्ययन केन्द्र स्थापना हुने छ ।

परिषद्ले गुम्बाको मर्मत–सम्भारका लागि आर्थिक स्रोत जुटाउने र दर्शन प्रवद्र्धनका लागि अनुसन्धनात्मक कार्य गर्नेछ भने मर्मत–सम्भार गर्दा पुरातात्विक मापदण्ड लागू गर्ने उनले बताए ।जथाभावी आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर गुम्बा मर्मत भइरहेकाले थुप्रै गुम्बा पुरातत्वको सूचीबाट हट्दै गएको भन्दै परिषद्ले पुरातत्वको मापदण्ड तोक्ने भएको छ ।
हाल सरकारले गुम्बा मर्मत तथा निर्माणका लागि वार्षिक करिब २ कारोड रुपैयाँ मात्र विनियोजन गरेको छ । यो रकम अपर्याप्त रहेकाले परिषद्ले अन्य आर्थिक स्रोतको समेत जुटाउनेछ । कतिपय गुम्बामा बौद्ध धर्मको आचरणविपरीत क्रियाकालप हुने गरेकाले नागरिक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ ।

“नुवाकोटको एउटा गुम्बामा जाँडरक्सी, चरोट खानेसम्मका गतिविधि पाएपछि हामीले गत वर्ष सचेतना कार्यक्रम सञ्चालन गरेका थियौं ।” उपसचिव गोलेले भने । समितिले देशभरका गुम्बा तथा बौद्ध शिक्षाका लागि आएको वैदेशिक सहयोग तथा आन्तरिक सहयोगबाट आएको रकम अनुगमन गर्नेछ ।“गुम्बाका लागि विदेशबाट आउने सहयोग तथा आन्तरिक रूपमा कति खर्च हुन्छ भन्नेबारे सबै अनभिज्ञ रहेकाले परिषद्ले अब यसको अनुगमन समेत गर्छ,” उपसचिव गोलेले भने ।

बोन गुम्बालाई पनि समेट्ने

विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको बोन धर्मावलम्बीको गुम्बा संरक्षण तथा दर्शन प्रवद्र्धनलाई समेत परिषद्ले समेट्ने भएको छ । तिब्बतको प्राचीन धर्म मानिने बोन धर्म तिब्बतबाट हाल पूर्ण रूपमा लोप भइसकेको छ ।
यद्यपि नेपालका तामाङ तथा हिमाली भोटे जातिहरूको केही बोन गुम्बा पुरातत्वका हिसाबले महत्वपूर्ण भएकाले संरक्षण गर्ने नीति लिएको छ । तिब्बतमा बोन धर्मले समाजमा विकृति ल्याएको भन्दै बौद्ध धर्मगुरु पद्म सम्भव (गुरु ह«ेम्पोर्छे) ले उक्त धर्मलाई पूर्ण रूपमा नष्ट गरी बौद्ध धर्मको विस्तार गरेका थिए ।

बोन धर्म तिब्बतबाट लोप भए पनि तिब्बतबाट बसाइँ सरेर नेपाल आएका केही तामाङ तथा हिमाली समुदायमा बोन गुम्बा रहेको छ ।  “इतिहासमा बौद्ध र बोन धर्म परस्पर विरोधीजस्ता देखिए पनि सबै धर्मलाई संरक्षण तथा विकास गर्नु राज्यको दायित्व हो,” उपसचिव गोलेले भने ।कारोबार दैनिक

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info