TODAY'S CARTOON

सिङ्गो गाउँ लालपुर्जाविहीन

फागुन २७ । मैली र मादले गाउँका ७८० हेक्टर जग्गाको अझै गाउँलेले पाउन सकेका छैनन् । वर्षौदेखि दुई जिल्लाको सीमा विवादले भुिसंगा र सोलुखुम्बुको गोली गाविस विचमा पर्ने ति दुई गाउँका वासिन्दा लालपुर्जाविहीन भएका हुन् ।

फोहोरबाट ग्यास

भक्तपुर, आश्विन १४ - तपाईंको घरबाट निस्कने कुहिने फोहोर फ्याँक्दै हुनुहुन्छ भने सोच्नुस्, फोहोरबाट मोहर पनि बन्न सक्छ ।

आजसम्म पनी जारी छ बर्बरता : एमनेस्टी

इराक़ी जेलमा ३० हज़ार भन्दा बढ़ी यस्ता बंधक  छन् ,प्रत्त्येक ब्यक्तिहरुलाई तिनिहरू माथी लगाइएको आरोप बर्षौसम्म साबित भएको छैन, तापनी यिनीहरु जेलमा बर्षौ देखि बर्बता पूर्ण व्यवहारका साथ बाच्न बिबश छन्.

दुःखको आशु

मुकुण्डो धारी समूहद्धारा असार २४ गते हत्या गरिएका एमाले नेता छविलाल कार्कीको अन्त्यष्टीका लागि शनिवार पशुपति आर्यघाटमा पुगेका उनका परिवार क्रमश दायाबाट साली, श्रीमती, छोरी र छोरा शोकाकुल अवस्थामा । तस्बिर अनुप भट्टराई

बल्ल बन्यो बाटो

दुई बर्षअघि काठमाण्डौको सिनामंगल स्थित भिमसेनगोला जोड्ने पुल भत्किएपछी बनाइएको डार्इभर्सन बाटोलाई पिच गरिदै । पिच नहुदा सो क्षेत्रको बातावरण २४ घण्टा धुलाम्मे हुने गरेको थियो । तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

पोथी भगाएर बस्ती छिरेको हात्तीले कुल्चेपछि पूर्व हवल्दारको मृत्यु

चाँदनी हमाल, चितवन, भदौ १९- पश्चिम चितवनको मेघौलीमा हात्तीले कुल्चेपछि शनिबार एक पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ। शनिवार दिउसो साँढे एक बजे भाले-पोथी हात्ती बस्तीमा पसेर आक्रमण गर्दा मेघौली-३ जितपुरका ५६ वर्षीय  पूर्व प्रहरी हवल्दार सुकबहादुर गुरुङको ज्यान गएको हो।
जङ्गली हात्तीले निकुञ्जभित्र रहेको टाइगर टप्स होटलको पोथी हात्तीलाई भगाएर बस्ती छिरेका बेला गुरुङलाई आक्रमण गरेको हो। गुरुङ २०५२ सालका रिटायर प्रहरी हवल्दार हुन्। गोर्खा आरुघाट पुरानो घर भएका गुरुङको परिवार एक वर्षअघि मात्र चितवन आएका थिए।

घरछेउमा निस्किएका बेला लठारिँदै आएको भाले–पोथी हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीय श्यामसुन्दर बिष्टले जानकारी दिए। उनको पेटमा हात्तीले कुल्चिएको दिव्यनगर प्रहरीले जनाएको छ। उनको शरीरका अङ्ग क्षतविक्षत भएका छन्।

चितवनको राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्सको पालुवा पोथी हात्ती र जङ्गली भाले हात्ती बस्तीमा पसेपछि शनिबार दिनभर मेघौलीको जनजीवन त्रसित भयो। हात्तीले चार वटा घरमा पसेर धानको भकारीमा समेत क्षती पुर्‍याएको छ।

हात्ती नियन्त्रण गर्न दिव्यनगर प्रहरी चौकीबाट खटिएको एक टोलीलाई झण्डै तीन घण्टा लागेको थियो। दिउसो १२ बजे बस्ती पसेको जङ्गली हात्तीलाई अपराह्‍न तीन बजेमात्र जङ्गल पठाएको दिव्यनगरका प्रहरी नायव निरीक्षक मिनबहादुर ज्ञवालीले जानकारी दिए।

हात्ती नियन्त्रणमा १५ राउण्ड हवाई फायर गरेको ज्ञवालीले बताए। पालुवा हात्ती भने टाइगर टप्सलाई जिम्मा लगाइएको छ। हात्ती सामूहिकरुपमा सामान लिन गएका बेला एक्कासि जङ्गलको भाले हात्तीले आफूहरुको पोथी हात्ती चनचनकलीलाई लिएर गएको टाइगर टप्सका  प्रशासकीय प्रमुख रामसिं गुरुङले बताए। हात्तीका माहुतेहरु भने जङ्गली हात्तीको डरले हामफालेर भागेको उनले बताए। चनचनकलीसँगै समशेरगज र भृकुटीकली सामान लिन राप्ती घाट गएका थिए।

हात्ती आउने डर भने यथावत् रहेको स्थानीयबासीले बताएका छन्। उनीहरुले पीडित परिवारलाई राहत दिन माग गरेका छन्। स्रोत :ekantipur

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info