संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले भनेको छ , सात एशियाई देशमा करीब 10 करोड़ महिला बेपत्ता छन् । जसमा 8.5 करोड़ महिला केवल भारत र चीनका रहेका छन्।
‘अंतर्राष्ट्रीय महिला दिवस’ को अबसरमा जारी यूएनडीपीको एक ताजा रिपोर्टमा भनिएको छ , एशिया तथा प्रशांत क्षेत्रका दशहरुमा तीब्र आर्थिक विकासले गर्व गर्न सके पनि,यी देशहरुमा लैंगिक समानताको बिकाशमा केही प्रगति भएको छैन।
सो रिपोर्टमा भनिएको छ , सात एशियाई देशमा वर्ष 2007 मा बेपत्ता तथा स्वास्थ्य र पोषणको कमीले मर्ने महिला र केटीको संख्या करीब 10 करोड़ थियो ।यी सात देशमा भारत, बांग्लादेश, चीन, ईरान, दक्षिण कोरिया, नेपाल र पाकिस्तान छन् ।चीनमा 4.26 करोड़, भारतमा 4.27 करोड़ र पाकिस्तानमा 68 लाख महिला बेपत्ता छन् ।
संयुक्त राष्ट्र को रिपोर्टमा भनिएको छ , यो बिकराल समस्याबाट पार पाउनको लागी यस क्षेत्र का अन्य देशको तुलनामा श्रीलंकाले राम्रो प्रगतिको काम गरेको छ ।
COMMENTS