चितवन (नारायणगढ), ५ फागुन । चितवन पदमपुरका लोकराज चौधरीले गएको कात्तिकमा दोस्रो विवाह गरे । उनले दोस्रो बिहे गरेपछि पहिलेकी श्रीमती मीरा चौधरीले श्रीमान्विरुद्ध बहुविवाहको नभइ श्रीमान्ले कुटपिट गरेको भनी माघ १४ गते जिल्ला प्रहरी कार्यालय, चितवनको महिला सेलमा उजुरी गरिन् ।
मीराले दिएको उजुरीमाथि उनीहरू छलफलका लागि प्रहरी कार्यालयमा गएनन् । निवेदन दिएको भोलिपल्ट कानुन व्यवसायीसँग छलफल गरेर भएको १५ कठ्ठा जग्गाबाट मीराले नौ कठ्ठा जग्गा आफ्नो नाममा पाउने गरी श्रीमान्ले अर्की बिहे गरे पनि चित्त बुझाइन् । उनले भने, "आफ्नो आम्दानी केही छैन । कुन पैसाले मुद्दा लड्नु ।"
मीरा त एउटा उदाहरण मात्र हुन् । चितवनमा पछिल्लो समयमा महिलाले बहुविवाह गर्ने श्रीमान्विरुद्ध मुद्दा दर्ता गराउने क्रम घटेको छ । विशेषगरी बहुविवाहका कारणबाट घरमा हुने विवादलाई आधार बनाएर पीडितले कुटपिट भएको भन्दै निवेदन दिने गरेका छन् ।
जगतपुरकी रीता नेपालीलाई अर्की श्रीमती ल्याएर बसेका श्रीमान्ले उपचार खर्च दिन बोलाउँदा सौताले कुटिन् । उनका श्रीमान् राजेन्द्र नेपालीको सामुन्ने नै रीतालाई कान्छी श्रीमती माया नेपालीले कुटेर टाउकोमा दुईवटा टाँका लगाउनुपर्ने गरी घाइते बनाइन् ।
तीन वर्षअगाडि नै श्रीमान्ले दोस्रो विवाह गरे पनि आफ्नो आम्दानी गर्ने बाटो नभएकाले सात बर्षीय छोराको भविष्य ब्रि्रन्छ भनेर आफूले कतै उजुरी नगरेको रीताले बताइन् ।
रीताले आफूमाथि कुटपिट भएको घटनाबारे माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । निवेदन दिएको भोलिपल्ट मासिक खर्चका लागि रु. दर्ुइ हजार ५०० दिने सहमतिमा उनीहरूको झगडा मिलेको जिल्ला प्रहरी कार्यालय, चितवनको महिला सेलकी प्रमुख उषा ढुङ्गानाले बताउनुभयो ।
ढुङ्गानाका अनुसार महिलाको आर्थिक आम्दानीको आधार नहुने कारणले पनि श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा दिँदैनन् । महिला सेलले पनि पारिवारिक वातावरण नब्रि्रने गरी महिलाको झगडा मिलाउने प्रयास गर्ने गरेको छ ।
नेपाल सरकारले बहुविवाहको अपराधमा पुरुषलाई तीन वर्षकैद सजायका साथै रु. पाँचदेखि रु. २५ हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । तर, यो व्यवस्थालाई टेकेर कानुनी कारबाहीको लागि मुद्दा दर्ताभन्दा पनि महिलालाई अंंश लिनका लागि सहज भएको अधिवक्ता फुलमाया रानाभाटले बताउनुभयो ।
कानुनी प्रक्रियामा जाँदा मुद्दाको फैसला ढिलो हुने भएकाले पनि मुद्दा दिएर न्याय खोज्न महिला कमैमात्र लाग्ने गरेको उहाँको भनाइ छ ।
उहाँले कानुनले महिलालाई अंश लिन सहज भएको एकातिर फाइदा भए पनि पुरुषमा बहुविवाहलाई प्रश्रय दिएको पनि बताउनुभयो ।
रासस
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS