राजविराज, भदौ १ (रासस)- सप्तरीका केही प्रबुद्ध वर्गले संस्कार र श्राद्धकर्म ब्यबस्थित तरिकाले गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गराएका छन्।
विभिन्न धार्मिक परम्परा, मानवीय मूल्यमान्यताप्रति प्रतिबद्धता जनाउँदै मरणोपरान्त दाहसंस्कार क्रिया श्राद्ध कार्यका लागि योजना तयार गर्ने, श्राद्ध कार्य तथा क्रियापुत्रीको लागि सार्वजनिकस्थलको निर्माण तथा व्यवस्थापन गर्ने उद्देश्यले दर्ता गरिएको सो सस्थाको नाम मुक्ति समाज नेपाल रहेको छ।
राजनीतिकर्मी गोविन्दप्रसाद सिंहको संयोजकत्वमा गठित सो संस्थामा राजनीतिक, कानुन व्यवसाय, व्यापार तथा अन्य विभिन्न पेसासँग जोडिएका २५ जना संलग्न छन्।
COMMENTS