अनुप भट्टर्राई
विराटनगर, असार - तिस बर्षभयो मैले कुटीकाटेको आखा यो रिपोर्टर तिर हात धारिलो त्यो कुटी काट्ने औजार तर्फकुनै निसंकोचका साथ आफना कुरा बताउछन यिनी पैतालिस बर्षो बद्री भुजेल । सिन्धुली जिल्लमा जन्मिएका यी भुजेल सानैमा घर छाडी आर्काको बनी बुतो गर्दै जिवन गुजारा गरिरहेको लगभग तिस वर्षभयो रे । हाल विराटनगरको टंकीसिनुवारीमा फिरन्ते जिवन विताइ रहेका अलिअलि मानसिक सन्तुलन त्यती राम्रो नरहेको तर कुरा भने खाट्टी गर्न जान्ने यि बद्रीलाई युवतीको तस्विर भने अत्यन्त मन पर्दो रहेछ । त्यसैले आफु संग पेट भर्ने पैसा होस वा नहोस उनलाई प्रत्येक शुक्रबारको साप्ताहिक पत्रिकाको मध्यपृष्ठ अवश्य चाहिन्छ । यदि उनले त्यो पत्रिका पाएनन भने उनको दिनभरिको मुड नै खराव हुन्छ । त्यस्तै असी रूपैया पैसामा दिन भरि जति सक्दो कुटी काट्ने -पराल लाई मसिनो टुक्रा गर्नेंं) काम यिनको दिनचर्या रहेछ । टंकीसिनुवारी गाउको लागभग सय भन्दा बढी घरमा यिनी पराल काट्ने काम गर्दारहेछन । सोही गाउका एक युवक सन्तोष अधिकारीका अनुसार यिनलाई एक थाल भात अनि राम्री युवतीको फोटो जसले दिन्छ उसको काम एकदमै राम्रो संग गरिदिने र धेरै पराल समेत काटि दिने उनी बताउछन् । उता सोही गाउका रमेश पराजुलीका अनुसार बद्री यो गाउमा आएदेखि आफहरूुलाई कुटी काट्न कुनै समस्या नरहेको तर भनेको चहिएको बेलामा यिनलाई भेटन नसक्ने हुदा आफ्नो काममा समस्या पर्ने बताए ।
COMMENTS