काठमाडौं, साउन २९ - नेपालमा हुने सडक दुर्घटनामा वार्षिक तीन अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको क्षति हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार उपत्यकामा गत वर्ष ८ हजार ६ सय ५६ दुर्घटना भएका थिए।
\'बढ्दै गएको सडक दुर्घटनालाई नियन्त्रण गर्न नसक्दा गत वर्ष मात्र करिब चार अर्बको क्षति भएको छ,\' महाशाखा प्रमुख विज्ञानराज शर्माले भने, \'समयमै दुर्घटना कम गर्न नसके विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सन् २०२० सम्म सडक दुर्घटना मृत्युको मुख्य कारणमध्ये तेस्रो हुन पुग्छ।\'उनका अनुसार गत वर्ष उपत्यकाको रिङ रोडमा मात्रै सडक दुर्घटनामा एक सय ७१ जनाले ज्यान गुमाएका थिए।
\'विश्वमा विकसित देशले समेत हरेक वर्ष आफ्नो दुर्घटना रेसियोमा घटाई रहेका बेला नेपालमा भने दुर्घटनाको रेसियो बढेर नब्बे प्रतिशत पुगिसकेको छ\'। यस्तोमा भक्तपुर जिल्लामा ३५४, ललितपुरमा छ सय ७३ र काठमाडौमा सबैभन्दा बढी दुर्घटना ३८८७ हुनुलाई महाशाखाले निकै गम्भीरता पूर्वक हेरेको उनले बताए।
उनका अनुसार महाशखाले अहिले हालै भइरहेको दुर्घटना न्यूनीकरणको लागि पनि विभिन्न प्रयास गरिरहेको छ। विशेषगरी ट्राफिक नियम बारे जानकारी ििदने उद्देश्यले ट्राफिक एफएम् स्टेशनको सुरुवात् लगायत सडक लेन मेन्टेनेन्समा विशेष ध्यान दिएको बताउने महाशाखाले हालै लाइसेन्स जाचसाचमा कडाई गर्नुका साथै ट्राफिक नियम उल्लंघन गर्नेलाई यातायातको मोबाइल कोर्ट अनुसार कारवाही गरिरहेको मसेत बताएको छ।
\'अहिलेको सडकको दुरावस्था हेर्दा हाम्रो अहिलेको ट्राफिक दरवन्दी ९६५ रहे पनि हामीलाई अझै ८८४ ट्राफिक जनशक्तिको कमी छ\', शर्मा भन्छन्,\'त्यही पनि हामीले आफ्नै पहलमा ठाउ ठाउमा बस पकेट बनाएर, लाइसेन्समा पन्चिङ्ग गरेर र जनचेतना कार्यक्रम मार्फत यसलाई न्यूनीकरण गरिरहेका छौ\'। उनले विशेषगरी अहिलेको अवस्थामा सम्बन्धित सरोकारवाला निकायहरुले समेत यसबारे चासो नलिएको अवस्थामा महाशखाले भने भविष्यमा करिडोर सुधार लगायत सडक मर्मतका लागि पहल तथा अन्य कार्य गरेर ट्राफिक दुर्घटना कम गर्न सक्दो कार्य गर्ने बताए।
\'त्यतिमात्र हैन, ट्राफिकका आचरणलाई लिएर बेलाबखत आउने गुनासोबारे समेत हामीले गम्भीर भएर सोचेका छौ\', उनले भने,\'यसको लागि निकट भविष्यमा नै इ-बैकिंङ्क सुरु गर्दैछौ\'। इ-बैकिङ्ग सुरु गरेपश्चात्त ट्राफिकले चेक काट्ने र त्यो चेक सम्बन्धित सवारी धनीले बैकमा गएर जम्मा गर्ने हुदा ट्राफिक त्यो आरोपबाट समेत मुक्त हुने उनले दावी गरे। भने,\'त्यस पश्चात्त पनि तपाईहरु आफैले मनखुशी तरीकाले ट्राफिकलाई पैसा दिए त भन्न् सकिन्न, नत्र भने ट्राफिकलाई यो आरोप पनि अब लगाउनुपर्दैन\'। नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS