२० साउन, काठमाडौं । महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको छ । काठमाडौं र पोखरामा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
सुरक्षित यौनसम्पर्कका लागि सन् २००४ मा काठमाडौँका ५७ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेकामा हाल ७३ प्रतिशत पुगेको छ । पोखरामा ३५ प्रतिशत रहेकामा हाल ६१ प्रतिशत पुगेको उल्लेख छ ।युएसआइडीको सहयोगमा गरिएको सर्भेक्षणमा काठमाडौंका ५९३ र पोखराका ३५४ महिला यौनकर्मीलाई सहभागी गराइएको थियो । सर्वोक्षणमा हाल काठमाडौंमा दुई प्रतिशत र पोखरामा तीन प्रतिशत एडस्का रोगी फेला परेको छ ।
यसैगरी सिरिन्जबाट लागुपदार्थ प्रयोग गर्ने काठमाडौंका ३४० र पोखराका ३४५ पुरुषमा गरिएको सर्भेक्षणमा सिरिन्जको पुनःप्रयोग गर्ने क्रम घटेको बताइएको छ । सन् २००२ मा काठमाडौँमा सिरिन्जबाट लागुपदार्थको प्रयोग गर्ने दुव्र्यसनी ६८ प्रतिशत रहेकामा हाल छ दशमलव तीन प्रतिशत रहेको तथा पोखरामा सन् २००३ मा २२ प्रतिशत रहेकामा हाल चार दशमलव ३ प्रतिशत रहेका छ ।
केन्द्रले गरेको छलफलमा सहभागीहरुले भने सर्भेक्षण गहिराइमा नपुगेको, लक्ष्यित वर्गलाई अनुसन्धानले समेट्न नसकेको, पीडितका समस्या यथावत् रहेको र दुई जिल्लालाई मात्र आधार बनाएर गरिएको सर्भेक्षणले समग्र नेपालको सर्भेक्षण नहुने बताए । रासस
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS