TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

आईएनजीओले नेपालमा साढे ३ अर्ब खर्चिने

काठमाडौं, १८ साउन : विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले चालू आर्थिक वर्षमा ३ अर्ब ५७ करोड ६२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने भएका छन् ।

अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको प्राविधिक तथा अन्य सहायता विवरण प्रतिवेदनअनुसार १ सय २३ आईएनजीओले नेपालको सामुदायिक विकास र सशक्तीकरण, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा यो रकम खर्च गर्न लागेका हुन् । अघिल्लो आवमा उनीहरूले सामाजिक क्षेत्रमा ५ अर्ब रुपैयाँ खर्च गरेकोमा यो आवमा झन्डै डेढ अर्ब घटाएका छन् ।
आईएनजीओहरूले नेपाल सरकारसँग गत आवमै यो रकम बराबरको सहायता परिचालनका लागि अनुमति लिएका थिए । चालू आर्थिक वर्षबाट खर्च हुने गरी २४ देशका आईएनजीओले विभिन्न कार्यक्रममार्फत सो रकम प्रवाह गर्ने जनाएका छन् ।
सहायता प्रतिवेदनअनुसार नेपालमा धेरै रकम खर्च गर्नेमा अमेरिकाका आईएनजीओ सबैभन्दा धेरै छन् । अमेरिकाका ३३ आईएनजीओले यो वर्ष नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैछन् । यसैगरी बेलायतका १४ र इटालीका १३ आईएनजीओहरूले पनि कार्यक्रम सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ ।
जर्मनीले १० र फ्रान्सले ७ वटा आईएनजीओमार्फत आफ्नो उपस्थिति जनाएका छन् भने नेदरल्यान्डका ६ आईएनजीओले काम गर्दैछन् । क्यानडा र नर्वेले पनि पाँच÷पाँच वटा आईएनजीओ परिचालन गरेका छन् । बेल्जियम, डेनमार्क र फिनल्यान्डले आफ्ना तीन÷तीन वटा आईएनजीओलाई यो वर्ष नेपालमा खटाउने गरी कार्यक्रम स्विकृत गरेका छन् ।
भारत, ब्राजिल, स्विडेन, बर्मुडा, कोरिया, न्युजिल्यान्ड र अस्ट्रियाका आईएनजीओ पनि नेपालभित्र सामुदायिक स्तरमा काम गर्ने भन्दै भित्रिएका छन् । नर्वे, कोरिया, फिनल्यान्ड, स्पेन र बेल्जियमका पनि संस्थाले पनि आफ्नो कार्यक्रम बिस्तार गर्ने भएका छन् ।

यस्ता आईएनजीओमध्ये अधिकांशले यसअघिकै आफ्नो कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसअघि सन् २००० देखि नेपालमा उपस्थिति जनाउँदै आएका आईएनजीओले समेत आफ्ना कार्यक्रम जारी राखेका छन् भने २०१५ सम्मका लागि कार्यक्रम सञ्चालन गर्नेहरूले कार्यक्रमको स्वीकृति लिएका छन् ।नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि स्वीकृति लिएका आईएनजीओमा एक्सन एड नेपाल, केयर नेपाल, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, डेनिस रेडक्रस सोसाइटी, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल, नेपाल लेप्रोसी ट्रस्ट, प्राक्टिकल एक्सन, वाटर एडलगायत १ सय २३ वटा छन् ।

आईएनजीओहरूले सरकारी निकाय वा स्थानीय एनजीओसँगको साझेदारीमा देशका विभिन्न क्षेत्रमा कार्यक्रम गरिरहेको बताउँदै आएका छन् । विपन्न एवं सीमान्तकृत समुदायलाई तिनकै सहभागितामा सशक्त एवं जागरुक बनाउन आफ्नो कार्यक्रम केन्द्रित रहेको उनीहरूको दाबी रहँदै आएको छ ।नेपालमा आफ्नो उपस्थिति जनाइरहेका आईएनजीओले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमभन्दा सैद्धान्तिक र अपारदर्शी कार्यक्रम सञ्चालन गरेको आरोप लाग्दै आएको छ । विशेषगरी अमेरिकाको सहयोगमा सञ्चालित आईएनजीओले जनतालाई प्रत्यक्ष लाभ पुग्नेभन्दा पनि कोरा सैद्धान्तिक खालका योजनाको स्वीकृति लिएका छन् ।कारोबार

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info