माधव ढुङ्गेल, काठमाडौं, भदौ २५ (नागरिक)-मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले प्रधानमन्त्री पदमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय नगरेको बताएका छन्। पार्टीको कुनै पनि निकायबाट सरकारमा जाने निर्णयसमेत नभएको उनले प्रस्ट्याए गरे।
'पार्टी सरकारमा जाने भनेर केन्द्रीय समिति, राजनीतिक समिति वा संसदीय दल कहीँंबाट निर्णय भएको छैन,' यादवले बिहीबार नागरिकसँग भने, 'प्रधानमन्त्रीमा यो पार्टीलाई समर्थन गर्ने भन्ने पनि निर्णय भएको छैन।'
आगामी चुनावमा कसलाई भोट दिने भन्ने निर्णय गर्न बाँकी रहेको उनले बताए। सरकार बनाउन पुग्ने आवश्यक संख्याका लागि माओवादी अगाडि देखिएकाले मोर्चाले नै भोट दिएर निकास निकाल्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए। 'मधेसका मुद्दा, संविधान निर्माण र शान्तिप्रक्रियामा सहमति नभई माओवादीलाई भोट हाल्ने कुरै आउँदैन,' उनले भने, 'त्यो सहमति नभएकाले माओवादीलाई भोट दिन सकिन्न।'
पहिले मुद्दामा सहमति भएमात्र 'पावर सेयरिङ' मा सहमति हुनसक्ने उनले स्पष्ट पारे।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दाहालका पक्षमा मतदान गरे नयाँ सरकार बन्नसक्ने भएकाले निकासका लागि मतदान गर्नुपर्ने आफ्नो तर्क रहेको उनले प्रस्ट्याए। निकासका लागि कांग्रेस र एमालेसँग पनि छलफल भएको उनले जानकारी दिए।
छैटौं र सातौंपटकको मतदानमा मधेसी मोर्चालाई छाडेर फोरम 'नो भोट' मा बसेको थियो। 'तटस्थ नबस्ने भन्नुको अर्थ खाल्डोमा हामफाल्नु होइन,' यादवले भने, 'निकासको सम्भावना नदेखेकाले 'नो भोट' मा गयौं।'
देशलाई आर्थिक र राजनीतिक संकटबाट मुक्त गर्न तटस्थ बस्न नहुने भएकाले आफूले मोर्चामा फरक मत राखेको पनि उनले बताए। 'मोर्चाले भोट हाले सरकार बन्छ, प्रधानमन्त्रीको निर्वाचन सम्बन्धमा मात्र फरक मत राखेका हौं, मधेसलगायत सवालमा फरक भएर मोर्चाबाट अलग्गिएको होइन,' उनले भने।
मुलुकलाई निकास दिन चारै शक्ति- माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच प्रस्ट सहमति हुनुपर्नेमा उनले जोड दिए। 'निकास भनेको शान्ति र संविधान हो, मधेसका मुद्दा हाम्रा लागि प्रमुख हुन्,' उनले भने।
फोरम कसैको 'बँधुवा मजदुर' नभएकाले जसले, जता डोर्यायो, उतै नजाने अडान राख्दै उनले भने, 'पद र पैसाका लागि कसैसँग सौदाबाजी गर्दैनौं, कसैको दबाबका भरमा पार्टीको नीति पनि बनाउँदैनौं।'
दबाबका आधारमा निर्णय नगरेकै कारण आफ्नो पार्टी अघिल्लो वर्ष फुटाइएको पनि उनको आरोप छ। उनले भने, 'दबाबबाट प्रभावित हुनेहरू पार्टी फुटाएर गए।'
नेपाललाई अप्ठेरोमा पुर्याउने 'विदेशी शक्ति' नभई 'दलका खलनायक' भएको टिप्पणी उनले गरे। दलको आन्तरिक कलह र दल-दलको तिक्त सम्बन्ध देशको सबैभन्दा ठूलो समस्या भएको पनि उनले औंल्याए।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS