TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

फोरमभित्रै घात-अन्तर्घात, मधेसी मोर्चामा धोका

माधव ढुङ्गेल, काठमाडौं, भदौ २४- एकीकृत माओवादीसँग सत्ता समीकरणको 'बार्गेनिङ' मा लागेका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नै दलका सहअध्यक्ष जयप्रकाश गुप्ता र फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदारलाई समेत ढाँटेका छन्। अध्यक्ष यादवले पुष्पकमल दाहालसँग सहअध्यक्ष गुप्ताविरुद्ध समेत 'रिपोर्टिङ' गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको छ।

  सातौंपटकको चुनावको अघिल्लो दिन भदौ २१ गते उनले माओवादी अध्यक्ष दाहालसँग तीन पटक बैठक गरेका थिए। बिहानै दाहाल र नारायणकाजी श्रेष्ठसँग यादवले कुपन्डोलको एक घरमा भेटे। त्यहाँ फोरमले माओवादीलाई समर्थन गर्ने सहमति बन्यो।

बैठकमा यादवले आफू सहमत भए पनि सहअध्यक्ष गुप्ताले यसलाई भाँड्न प्रयास गरिरहेकाले 'रिपोर्टिङ' गरेका थिए। यसैलाई थप पुष्टि गर्न एमाले सभासद्समेत रहेका व्यापारी विनोद चौधरीको रविभवनस्थित निवासमा साँझ करिब ६ बजेदेखि डेढ घन्टा अर्को बैठक भयो। त्यहाँ दाहाल, यादवसँगै एमाले अध्यक्ष झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको थियो।

स्रोतका अनुसार, उनीहरूबीच केहीबेरको छलफलपछि उपेन्द्रले दाहाललाई गुप्तासमेत बसेर सहमति बनाउन सुझाव दिए। तत्कालै दाहालले गुप्तालाई टेलिफोन गरी बोलाए। गुप्ताले आउन नसक्ने जवाफ दिए। यादवले दाहाललाई गुप्ताबारे गरेको रिपोर्टिङ उनका एक हितैषीले बिहानै गुप्तासमक्ष तत्कालै पुर्‍याइसकेका थिए।

चौधरी निवासबाट दाहाल र यादव सँगै नयाँ बानेश्वरस्थित अर्का व्यापारी अजय सुमार्गी निवास पुगे। त्यतिबेला राति झम-झम पानी परिरहेको थियो। दाहालले गुप्तालाई पनि त्यहीँ बोलाएर भने, 'तपाईं समर्थन गर्नुस्, गच्छदारले मेरो पक्षमा भोट हाल्छन्।'

गुप्ताले निर्णय नआउने भएकाले भोट दिन नसक्ने जवाफ दिए, 'हामीले सहयोग गरे पनि तपाईंको सरकार बन्दैन, संसदीय दलमा छलफल नगरी निर्णय दिन सक्दिनँ।' त्यसपछि गुप्ताले दाहालकै सामु गच्छदारलाई फोन गरे। दाहाललाई समर्थन गर्ने/नगर्नेबारे गच्छदारले जवाफ दिए, 'एकातिर आफूसँग वार्ता गरी समर्थन माग्ने, अर्कातिर सभासद्सँग व्यक्तिगत 'डिल' गरी पार्टी फोर्न खोज्ने? कुनै पनि हालतमा भोट दिन्न।' त्यसपछि कुरा टुंगियो। गुप्ताले कुरा गर्दा यादव भने मौन बसे।

यादव र गुप्ता सुमार्गीको घरबाट बाहिरिए भने दाहाल त्यहीँ बसेर मधेसी सभासद्सँग छुट्टाछुट्टै भेट गर्न थाले। फोरम (लोकतान्त्रिक) भित्र आफ्नो पक्षमा समर्थन जुटाउन दाहालले सभासद् तिलक रावलका छोरा विनयको समेत सहयोग लिएको स्रोतको दाबी छ। दाहालले राति १ बजेसम्म सभासद्हरूसँग भेटवार्ता गरेको नाम उल्लेख नगर्ने स्रोतले जानकारी दियो।

स्रोतका अनुसार, चुनावको दिन बिहानै यादवले 'साउथ ब्लक' निकट मानिने एक राजनीतिक कार्यकर्तालाई टेलिफोन गरी गुप्ताविरुद्ध 'ब्रिफिङ' गरे, 'म त तटस्थ बस्न खोजेको, गुप्ता माओवादीलाई नै भोट दिन भन्दैछन्।' यो खबर पनि तत्कालै गुप्ताको कानमा पुग्यो। यादवले फोन बिसाउनेबित्तिकै ती कार्यकर्ताले गुप्तालाई 'रिपोर्टिङ' गरिदिए।


समर्थन गर्ने/नगर्नेबारे निर्णय गर्न भनी फोरम संसदीय दलको बैठक मंगलबार ११ बजेलाई बोलाइएको थियो। यादव करिब १ घन्टाअघि नै सिंहदरबार पुगिसकेका थिए। त्यहाँ पुगेका सहअध्यक्ष गुप्ताले यादवलाई कडा शब्दमा धम्क्याए, 'मेराबारे गलत प्रचार गरिएका सबै कुरा सभासद्हरूसामु खोलिदन्छु। एक्लै 'डिल' गर्ने, अनि मलाई बद्नाम गर्ने?'


यादवले गुप्तालाई नभन्न आग्रह गर्दै सहमति गरे, 'नखोलौं, म माओवादीलाई भोट नहाल्ने वातावरण बनाउँछु।' त्यसैका लागि बिहान ११ बजे बोलाइएको बैठक पहिलोपटक साढे १२ बजेका लागि, त्यसपछि २ बजेका लागि सारियो। ढिलो गरी निर्णय गरे सभासद्ले थाहा नपाउने हुनाले सारिएको थियो। फोरम (लोकतान्त्रिक) ले कुनै पनि हालतमा दाहाललाई भोट नदिने भन्ने थाहा पाएका यादव र गुप्ताले निर्णय आउने अवस्थामा मात्र भोट दिने निर्णय गरे।


गुप्ता र यादवबीचको तिक्तता सभासद्हरूले थाहा पाएनन्। संसदमा मतदानका बेला पनि गुप्ता यादवसँगै रहेको अग्रपंक्तिको आफ्नो कुर्सीमा नबसी पछाडि रेणु यादवसँग गएर बसेका थिए। मतदान अवधिभर उनी मोबाइलमा 'म्यासेज' हरिरहेका थिए। यो सबै खेल थाहा नपाएका फोरम सभासद्हरू भने नेताले निर्णय गर्लान् र भोट दिन जाउँला भन्ने आशामा थिए।


 
गच्छदारलाई पनि धोखा
फोरम नेता उपेन्द्र यादवबाट फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदारले पनि धोखा पाएका छन्। भदौ १७ गते कुपण्डोलको एक निजी घरमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको संयुक्त बैठकमा मधेसी मोर्चालाई नै माओवादीको पक्षमा निर्णय गराउन नसके दुवैले एकैसाथ मोर्चा छाड्ने भनी सहमति भए पनि यादवले एक्लै मोर्चा छाडेका हुन्।

दाहालसँग दुवै फोरमका अध्यक्ष उपप्रधानमन्त्री बन्ने, वरिष्ठ उपप्रधानमन्त्री गच्छदारलाई मान्न यादव सहमत भएका थिए। 'पावर सेयरिङ' बारे मोटामोटी कुरा भएको सो बैठकमा उपप्रधानमन्त्री बन्ने गच्छदारलाई गृह र यादवलाई परराष्ट्र मन्त्रालय दिनेबारे पनि सहमति भएको स्रोतले जानकारी दियो।

अर्थ मन्त्रालयबाहेक गच्छदारको भागमा ६ र यादवको भागमा ५ वटा 'राम्रा मन्त्रालय' दिनेसम्म करिब-करिब सहमति भएको थियो।

छैठौं चरणको मतदानको दिन तमलोपा संसदीय दलको कार्यालयबाट यादव एक्लैले मोर्चाको बैठक बहिष्कार गरेका थिए। गच्छदारलाई भने यादवजस्तै मोर्चा छाड्न गाह्रो हुने भएकाले मोर्चामै निर्णय गराउने, सम्भव नभए मात्र छाड्ने रणनीतिमा गच्छदार थिए। माओवादीविरुद्धको मधेसी भावनाको प्रतिनिधित्व गर्दै चुनाव जितेका कारण दाहाललाई भोट दिन सजिलै मोर्चा फुटाउँदा 'एक्सपोज हुने' डरले काम गरेको स्रोतको ठहर छ।Newsfrom : Nagariknews

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info