TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

सभासद्लाई जन्मकैदविरुद्ध माओवादी फेरि पुनरावलोकन जाने

काठमाडौं, भदौ २२ - सभासद् बालकृष्ण ढुंगेलको मुद्दा पुनरावलोकनका लागि एकीकृत माओवादी सर्वोच्च अदालत जाने भएको छ। ओखलढुंगा-२ का सभासद् ढुंगेललाई सर्वोच्चले १२ वर्षअघिको फौजदारी मुद्दामा सर्वस्वसहित जन्म कैदको फैसला गरेलगत्तै माओवादीले उक्त निर्णय पुनरावलोकन गर्ने कानुनी बाटो रोजेको हो।

  माओवादीले ढुंगेललाई गरिएको फैसला कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरेको छ।

माओवादी स्थायी समिति सदस्य देव गुरूङले अन्तरिम संविधानसँग बाझिएका मुद्दाबारे सर्वोच्च अदालतभित्र पुनरावलोकन प्रक्रिया थाल्नुपर्ने जिकिर गरे।

'विस्तृत शान्ति-सम्झौताअनुसार द्वन्द्वमा लगाइएका मुद्दा स्वतः खारेज भइसकेका छन्, कानुनी रुपमा ढुंगेलको मुद्दा प्रक्रिया अगाडि बढाउनु नहुने थियो,' गुरूङले नागरिकसित भने, 'जसरी अगाडि बढाइयो, बिल्कुलै गलत छ। सर्वोच्चको फैसलापछि हामी पुनरावलोकनकै लागि पहल गर्ने तयारी गर्दैछौं।'

ढुंगेलमाथि ०५५ साल १० गते ओखलढुंगाबाट रामेछापको धोवीडाँडा बजारतर्फ हिँडेका भुवनकुमार श्रेष्ठको गोली हानी हत्या गरेको अभियोग लागेको थियो। ०५५ कात्तिक २३ गते ओखलढुंगा कोकलीको लेतीबाट पक्राउ परेका ढुंगेल नौ वर्ष जेलपछि छुटेका हुन्।

०६३ सालमा राजविराज पुनरावेदन अदालतले ढुंगेलको पक्षमा फैसला गरेको थियो। 'महान्याधिवक्ताको रोहबरमा सरकारी वकिल कार्यालयले जसरी सफाइ पाइसकेको मुद्दा उठायो, त्यो विस्तृत शान्ति सम्झौताको उल्लंघन हो,' गुरूङले भने, 'त्यस्तो फैसला क्रियाशील हुनुहुँदैन।'

द्वन्द्वकालीन सबै घटना विस्तृत शान्ति सम्झौताअनुरुप स्वतः खारेज हुनुपर्ने उनले बताए। 'त्यो जान्दाजान्दै फैसला गरेको हो भने अदालतले नै विस्तृत सम्झौता उल्टाउन खोजेको देखिन्छ, अन्जानमा त्रुटि भएको हो भने पुनरावलोकनको प्रक्रिया अगाडि बढाउनुपर्छ,' उनले भने।

द्वन्द्वका क्रममा आफूविरुद्ध लागेका साढे तीन सय मुद्दा माओवादी नेतृत्वको सरकारले खारेज गरेको थियो। अदालतले दोषी ठहर्‍याएकाले माओवादी सभासद् अग्नि सापकोटालाई मानवअधिकारको अभियोग लगाई अमेरिकी दूतावासले भिसा दिन इन्कार गरेको थियो।
आरोपित सभासद् ढुंगेल भुवन हत्या प्रकरणमा आफ्नो दोष नभएको बताउँछन्। 'त्यो बेला तामाकोसीदेखि पूर्व खोटाङसम्मको फौजी कमान्डर थिएँ, भुवनकुमार श्रेष्ठलाई सामान्य कारबाही गर्ने निर्णय गरिएको हो,' ढुंगलले नागरिकसित भने, 'सहयोद्धा कृपाश्वरको क्यान्सर रोग उपचारको लागि काठमाडौं आएका बेला भुवन मारिएको कुरा पाँच दिनपछि मात्र थाहा पाएको हुँ।'

'पुनरावेदनबाट जितेपछि मुद्दा सकियो भन्ने ठानेको थिएँ, सर्वोच्चको फैसला पत्रकारबाट जानकारी पाउँदा झसंग भएँ', उनले भने, 'यो मेरो मात्र होइन, युद्धकालमा लगाइएका झुट्टा मुद्दाको फैसला भएकोले यसबारे पार्टीले नै निर्णय गर्छ।'

हालै एमाले कार्यकर्ता छविराज कार्कीको हत्या प्रकरणमा पनि ढुंगेललाई मुछिएको छ।
उनले भने, 'यो मलाई फँसाउने षड्यन्त्र हो, यो राजनीतिक पूर्वाग्रहमा लगाइएको मुद्दा भएकाले राजनीतिक ढंगले नै समाधान गर्नुपर्छ।'  news:नागरिक

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info