काठमाडौ, भाद्र २१ - निरन्तर तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै मधेसी जनअधिकार फोरम संयुक्त लोकतान्त्रिक मोर्चाबाग अलग्गिएको छ । मोर्चाबाट अलग भएपनि प्रधानमन्त्रीका लागि आइतबार भएको निर्वाचनमा फोरम निर्वाचन प्रक्रियामा भाग लिएन । यस सन्दर्भमा फोरम अध्यक्ष उपेन्द्र यादवसंग गरिएको संक्षिप्त कुराकानी ।
तपाईंले किन मोर्चा छाड्नु भयो ?
मोर्चा छाड्नु वा जोड्नुको कुनै कुरा होइन । मोर्चालाई प्रभावशाली बनाउने, मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त गराउने, सरकार दिने, संविधान बनाउने मोर्चाको काम र दायित्वसमेत हुन् । यो विषयमा मोर्चा प्रभावशाली रूपमा अघि बढाउन पुनर्जीवित गरिएको थियो । तर विगतमा एउटै कुरा रह्यो, तटस्थता । तटस्थताले कुनै समस्याको समाधान हुँदैन । तटस्थता तोडी मुलुकलाई मोर्चाले निकास देओस् भनी हामीले बैठकमा मत राख्यौं । तर मोर्चाका अन्य घटक दलले तटस्थ रहने मत राखेका थिए । यसपछि हामीले भन्यौं, 'आ-आफ्नो निर्णय गरौं, मधेसको मुद्दामा एकसाथ बढौं ।' मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त गराउन ठोस रूपले पहल गरौं । सामूहिक सक्दैनौं भने बेग्लाबेग्लै निर्णय गरी मुलुकलाई निकासतिर बढाऔं ।
संसदीय दलको बैठकपछि मतदान त गर्नुभएन नि ?
मत नदिँदा तटस्थता गलत कुरा हो भन्ने प्रमाणित भयो । जसलाई मत दिनु छ, दिए हुन्छ र सरकार निर्माण हुनुपर्छ । तटस्थतामा समस्याको हल छैन । संक्रमणकालमा मुलुकलाई जति अल्झाउने हो त्यति अल्भिmन्छ । संविधान बन्ने समयमा यो नाटक जारी छ । नाटक हुनुको एउटै कारण हो, संविधान बन्न नसकोस् । संविधान बन्दैन भने यसबाट मधेस र देशलाई ठूलो घाटा हुन्छ । त्यसलाई रोक्न हामीले यसो गर्यौं । तटस्थता अन्त गरी मुलुकलाई निकास दिन हामीले यो पाइला चाल्यौं । मत नदिनुका अन्य कारण ?
निकासका लागि मतदान गरिन्छ । सबै मिलेर निकास दिनुपर्छ । यसका लागि प्रतीकात्मक रूपमा हामीले 'नो भोटिङ' गर्यौं । मुलुकलाई निकास दिनुपर्छ, देशलाई गम्भीर संकटबाट जोगाउनुपर्छ । संविधानसभाविरुद्घ जुन षड्यन्त्र भइरहेको छ, त्यो समाप्त गर्नुपर्छ ।
मोर्चासँग भविष्यमा तपाईंहरूको सम्बन्ध ?
मधेस मामिलामा त हामी सबै मिलेर बढ्ने नै हो । हामी मोर्चाको घटक दलबाट निस्केका होइनौं । मोर्चाको घटकसँग यो सबै लडाइँ होइन । मोर्चालाई प्रभावशाली बनाइयोस् र निकास दिइयोस् त्यो महत्त्वपूर्ण हो ।news Source:ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS