केपी ढुंगाना, काठमाडौं, भदौ २१- 'तिजका लागि' कुर्ता हेर्न पसलमा छिरेकी काँग्रेस सभासद् कल्याणी रिजाललाई नमिठो बोल्दा बागबजारका एक व्यापारी आइतबार ६ घन्टा थुनिए। बागबजारस्थित श्री पशुपति कुर्ता पसलका शम्भु श्रीवास्तव थुनिनुको कारण थियो- रातो रङको कुर्ता बेच्न नराख्नू। महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा दिनभरि थुनिएपछि साँझ दाजु सतीशले सभासद्सँग माफी मागेर उनलाई छुटाए।
प्रत्यक्षदर्शीका अनुसार आइतबार साढे १२ बजेतिर पसलमा एक्लै गएकी रिजालले 'रातो कुर्ता छैन' भनेर सोध्दा अन्य ग्राहकसँग डिल गर्दै गरेका शम्भुले 'छैन' भने, सभासद्तिर नहेरी। रिजाल जंगिइन्, 'ग्राहकसँग राम्रो व्यवहार गर्न आउँदैन?'
अन्य ग्राहकसँगै व्यस्त शम्भुले उनलाई खासै महŒव नदिएपछि रिजाल झनै कड्किइन्। वरिपरिका व्यापारी, बाटो हिँड्ने थुप्रै पशुपति कुर्तापसलअघि झुरुप्प भए।
रिजालले भनिन्, 'मलाई चिनेका छौ? म सभासद् हुँ।'
शम्भुले भने, 'सभासद् भएर के भयो त?'
रिजाल रिसाइन् र तत्कालै फोन गरेर प्रहरी बोलाइन्। तुरुन्तै आएका प्रहरीले शम्भुलाई समातेर सिंहदरबार प्रहरी प्रभाग पुर्याए र दिनभरि थुनिदिए।
शम्भुलाई थुनाएर प्रधानमन्त्री चुनावका लागि संविधानसभा गएकी रिजाल बेलुका ६ बजे प्रहरी प्रभाग आएपछि शम्भुका दाजु सतीषले भने, 'गल्ती भयो हजुर, माफ गरिदिनुस्।'
सतीषले दुवैबीच सामान्य विवाद भएको बताए। 'मिसअन्डरस्ट्यान्डिङ भएछ, मैले माफी मागिसकेँ,' उनले नागरिकसँग भने।
घटनाबारे बोल्नै नचाहेकी रिजालले आफू कतै कुर्ता किन्न नगएको दाबी गरिन्। बेलिविस्तार लगाएपछि बल्ल उनले सकारिन्, 'थाहा पाइहाल्नु भएछ, विवाद भएको हो।'
पसलेले गलत व्यवहार गरेको उनले दाबी गरिन्। 'म सभासद हुँ भन्दा पनि उसले सभासद् भए पनि के हुन्छ भनेर हप्कायो,' उनले भनिन्।
सिंहदरबार प्रभागका प्रहरी निरीक्षक वीरबहादुर बुढाले सभासद्माथि कुटपिट भएको खबर आएकाले प्रहरी टोली आएर शम्भुलाई पक्रेको हो। उनले भने, 'सभासद्ज्यूले नै छाडिदिनू भनेपछि हामीले बेलुकै छाडिसक्यौं।' News Source: nagariknews
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS