काठमाडौ, भाद्र २० - राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानको नेतृत्वमा राष्ट्रिय एवम् अन्तरराष्ट्रिय विशेषज्ञसहितको १८ सदस्यीय शवोत्खनन् तथा अनुसन्धान टोली आइतवार जनकपुर पुगेको छ । टोलीले सोमबारदेखि शव गाडिएको भनिएको स्थानमा स्थानीय प्रशासन तथा नेपाल प्रहरीसमेतको सहयोगमा उत्खनन कार्य गर्ने आयोगले जनाएको छ ।
आयोगद्वारा जारी बिज्ञप्ति अनुसार २०६० साल असोज महिनामा सुरक्षाकर्मीले संजीवकुमार कर्ण (वर्ष२५), दुर्गेश लाभ (वर्ष२३), जितेन्द्र झा (वर्ष२३), प्रमोद नारायण मण्डल (वर्ष१९), र शैलेन्द्र यादव (वर्ष१८) लाई बेपत्ता पारी हत्या गरी धनुषा जिल्ला गोदार गाविसमा पर्ने कमला नदी किनारमा गाडेको भनी आयोगमा उजुरी परेको आधारमा आवश्यक छानबिन गरी अनुसन्धान गर्न लागिएको जनाएको छ ।
टोलीमा आयोगका पूर्व सदस्य शुशिल प्याकुरेल, अन्तरराष्ट्रिय फोरेन्सिक विज्ञहरू प्रा. हेलेना रान्ता (फिनल्यान्ड), डा. जुक्का पालो (फिनल्यान्ड), डा. उडो केन्जर (जर्मनी), राष्ट्रिय विज्ञहरू डा. हरिहर वस्ती, डा. प्रमोद श्रेष्ठ, डा. रिजन श्रेष्ठ र डा. जेनस आचार्यका साथै पुरातत्वविद उद्धव आचार्य, राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका दिनेशकुमार झा, ओएचसिएचआर नेपालका प्रतिनिधि तथा आयोगका अधिकृतहरू रहेका छन् ।
शवोत्खनन् कार्यलाई सहज बनाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ डा. हरिहर वस्तीको नेतृत्वमा ११ सदस्यीय प्राविधिक उपटोली समेत गठन गरिएको आयोगले जनाएको छ ।
यसअघि शव उत्खनन् कार्यमा आवश्यक समन्वय र सहयोगका लागि आयोगले गत शुक्रबार गृहमन्त्री भीम रावल, महान्यायाधिवक्ता, मुख्य सचिव, कानुन, गृह तथा प्रधानमन्त्रीको कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षकसँग छलफल गरिसकेको जनाएको छ । Source:ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS