TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

कांग्रेसले ३ सय १ मत पुर्‍याए एमालेले दुई तिहाई पुर्‍याइ दिनेछः महासचिव पोखरेल

भक्तपुर, भाद्र १९ - एमालेका महासचिव इश्वर पोखरेलले प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसले ३ सय १ मत पुर्‍याए एमालेले दुई तिहाई पुर्‍याइदिने  दाबी गरेका छन् ।

युवा संघ नेपाल केन्द्रीय संगठन विभागले भक्तपुरको खरिपाटीमा आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बहुमत पुर्‍याउन आग्रह गरे । एमाले बहुमतीय सरकारको पक्षमा नरहेको स्पष्ट पार्दै उनले सहमतिकै सरकारका लागि नेतृत्व पाउँदापाउँदै अवसर छोडेको बताए  । एमाले मुखले मात्र नभई व्यवहारिक रुपमा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको यसले प्रमाणित गर्ने बताउनु भएको छ । महासचिव पोखरेलले भने, 'बहुमतीय सरकारमा हामी जान्नौं, बहुमतीय सरकार बनाउने खेल पनि गर्दैनौं ।' यही अवस्था रहे माओवादीको नेतृत्वको सरकार नस्वीकार्ने बताउँदै उनले जबसम्म माओवादीले हिंसा, विद्रोहको व्यवहार र त्यसको संरचना नत्यागेसम्म उसको नेतृत्व स्वीकार्न नसकिने बताए  । यदि सहमतिको सरकार बन्छ भने एमाले जुनसुकै पनि नेतृत्वलाई पनि स्वीकार्ने बताए । कांग्रेसलाई अलग राखेर या माओवादीलाई अलग राखेर सरकार निर्माण गर्ने काम उचित हुँदैन भन्ने पक्षमा एमाले रहेको बताए ।

राष्ट्रिय सहमतिका लागि माओवादीले शान्ति प्रक्रिया टुंग्याउने, माओवादी लडाकु व्यवस्थापन गर्ने, हतियारको दम्भ त्याग्ने कार्य गर्दैन तबसम्म माओवादीले सहमतिको सरकार बनाउन नसक्ने उल्लेख गरे । पार्टीभित्रको आन्तरिक विषयमा बोल्दै उनले वामदेव गौतमतर्फ लक्षित गरेर पार्टीको निर्णय नमान्ने जोकोही पनि कारबाहीको भागिदार हुने बताए । युथफोर्सको बारेमा बोल्दै उनले युथफोर्सलाई समानान्तर सैन्य संरचनाको नाममा नल्याई स्वयंसेवक दस्ताको रुपमा ल्याउने बताए । यसका लागि पार्टीले छुट्टै नीति ल्याउन लागेको बताए  । कानुन हातमा लिने संगठनको रुपमा नभई जिल्लालाई आवश्यक परे एमाले जिल्ला कमिटिले राख्नसक्नेगरी युथफोर्स स्वयंसेवक दस्ताको रुपमा स्थापित गरिने उनले बताए । स्रोत :ekantipur

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info