मनोज अधिकारी, पोखरा, भदौ १९- नेपाली कङ्ग्रेसको १२ औं महाधिवेसनमा महामन्त्रीका प्रत्यासी नरहरि आचार्यले आफ्नो उमेद्वारी असफल पुस्ताको विकल्प भएको बताएका छन्। उनले सुशील कोइराला र शेरबहादुर देउवाहरुले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने धारणासहित भीमबहादुर तामाङले सभापति र आफूले महामन्त्रीमा उमेद्वारी दिएको बताए।
'मैले सुशीलजी र देउवाजीलाई भेटेर अब तपाईंहरुले विश्राम लिएर युवा पुस्तालाई पार्टी सञ्चालनको जिम्मा दिनोस् भनेर आग्रह गरें', शनिबार पोखरामा सञ्चारकर्मीसँग उनले भने- उहाँहरुले त्यसलाई सुनेर टार्नुभयो।
उनले विगतमा पनि आफूले पुरानो नेतृत्वले नयाँलाई छाड्नुपर्ने तर्कसहित गिरिजाप्रसाद कोइरालासँग सभापतिमा लडेको स्मरण गर्दै यस पटक पनि त्यही धारणा लिएर महामन्त्रीमा उठेको उल्लेख गरे।
'मेरो र भीमबहादुरजीको सबैजसो विचारमा एकरुपता पाएँ', उनले सभापतिमा आफूले उमेद्वारी नदिनुको तर्क पेश गर्दै भने- समान विचारका भीमबहादुरजीले उक्त पदमा आफूलाई उभ्याएपछि मैले एकै विचारविरुद्व प्रतिष्पर्धी बन्नु उचित ठानिन। बरु पार्टी नेतृत्वमा त्यत्तिकै शक्तिशाली पद महामन्त्रीका लागि तयार भएर आएको हुँ।
आचार्यले महाधिवेसनमार्फत् आफूहरु सभापति र महामन्त्रीमा चुनिए त्यसपछिको ३ महिना, ६ महिना र एक वर्षभित्र पार्टीलाई कुन रुपमा अगाडि बढाउने भन्ने खाका कोरिसकेको बताए। महाधिवेसन र त्यसको परिणामअघि नै यस्तो खाका सार्वजनिक गर्नु बढी महत्त्वाकांक्षी हुने लागेर गोप्य राखिएको उनले बताए। उनले पार्टीभित्रको चुनाव भएकाले आफूहरु कुनै गुट र समूहमा विभाजित नभएको जिकिर गरे।
आचार्यले मुलुकको पछिल्लो धुमिल राजनीतिकका कारण एमाले रहेको आरोप लगाए। उनले एमालेको तटस्थताको राजनीति बुझिनसक्नु भएको टिप्पणीसमेत गरे। संसदमार्फत् प्रधान मन्त्री चयन गरेर मुलुकलाई निकास दिनुपर्ने जिम्मेवारीबाट पन्छिएर तटस्थको राजनीति गर्ने एमाले नेतृत्व अक्षम सावित भएको उनको आरोप थियो।
संसदीय प्रणाली मान्ने दल भनेर पटक–पटक दोहोर्याउने एमालेको चरित्र गैरसंसदीय देखिएको उनले बताए। आफूले उमेद्वारी फिर्ता लिएपछि बाँकी रहेका दुई उम्मेद्वारमध्ये एक जनालाई मतदान गर्नुपर्ने संसदीय प्रणालीको पालनाबाट एमाले चुकेको बताए।
'एमालेकै कारण राजनीतिक वातावरण बिग्रँदै गएको छ', आचार्यको प्रश्न छ- मतदान गर्ने जनताको वारिस भएर गएपछि संसदमा त्यसको भूमिका निर्वाह गर्नुपर्छ कि पर्दैन? कि एमालेलाई मतदानको प्रक्रिया थाहा नभएको हो ? स्रोत : नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS