गोरखा, भाद्र १८ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको वर्तमान अबस्था विश्वकै नौलो र निकै जटिलपूर्ण भएको बताएका छन् । उनले अहिलेको अवस्था सुगौली सन्धीपछि जस्तै खतरनाक रहेको बताए । ब्यबस्थापिका संसदबाट पाँच पटक सम्म प्रधानमन्त्री चयन गर्न नसकी मुलुक अनिर्णयको बन्दी बनाएकोप्रति भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखास्थित द्रब्यशाह बहुमुखी क्याम्पसको रजत महोत्सब उदघाटन कार्यक्रममा शुक्रबार विहान बोल्दै उनले छैठांै पटकको निर्वाचनले समेत प्रधानमन्त्रीको टुंगो नलाग्ने दावी गरे । 'नेपालको अहिलेको अबस्था सुगौली सन्धिपछिकै भयानक र खतरनाक देखिएको छ' भट्टराईलेले भने 'त्यतिबेला शासनका लागि जंगबहादुरको जन्म भएको थियो । प्रधानमन्त्री चयन हुन नदिने बाताबरण सृजना गरेर अहिलेपनि त्यस्तै मान्छे जन्माउने तयरी गरिदैछ ।'
राजतन्त्रप्रति संकेत गर्दै उनले पुराना संरचना हटिनसकेको र नया संरचना समेत राम्रोगरी निमार्ण भई नसकेको अबस्थामा प्रधानमन्त्रीकै लागि छ पटक सम्म चुनाब हुनु दुर्भाग्यपुर्ण भएको बताए । प्रधानमन्त्री नचुनिनु रुपमा सामान्य कुराभए पनि सारमा भने निकै जटिलपुर्ण भएको उनले बताए । देशी बिदेशी लागेर प्रधानमन्त्री चुन्न नसकेको कारण देखाउदै उनले संबिधानसभा बिघटन गर्ने तयारी भइरहेको जनाए । 'राष्टपतिमार्फत वा फौजी तानाशाह मार्फत गणतन्त्र, संघियता, धर्मनिरपेक्ष लगायतका बिषय खोस्ने तयारी हो' उनले भने ।
मुलुकलाई सहज निकासका लागि माओवादीको नेतृत्वमा संयुत्त राष्ट्रिय सरकार बन्नुपर्ने धारण उनको थियो । महिनैपिच्छे गृहजिल्ला गोरखा आउने गरेका भट्टराईले मुलकुलाई सहज निकास दिनका लागि कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन भनेपनि नमानेको बताए । 'हाम्रो पार्टीले पटक पटक उमेद्वारी फिर्ता लिएर अगाडि बढ्औ भनेको छ' उनले भने, 'यस बिषयमा कांग्रेस सहमत नहुनु गैरजिम्मेवारपनि कुरा हो । जसले मुलुकलाई गम्भीर दुर्घट्नातर्फ धकेल्दैछ ।
News : ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS