दाङ, भाद्र १८ - नेपालका लागि भारतीय राजदूत राकेश सूदले नेपाली सञ्चार माध्यम बिरुद्ध गरेको भ्रामक प्रचार र हस्तक्षेपबिरुद्ध शुक्रबार दाङका पत्रकार सडकमा उत्रिएका छन् । पछिल्लो भारतीय हस्तक्षेपबिरुद्ध पत्रकारहरु सडकमा आएको यो पहिलोपटक हो ।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, प्रगतिशिल पत्रकार संघ लगाएत बिभिन्न सञ्चार संस्थाहरुको आयोजनामा शुक्रबार घोराहीमा बिरोध र्याली तथा अन्तक्रिर्या सम्पन्न भएको छ ।
पत्रकार महासंघको कार्यालयबाट सुरु भएको र्याली, भानु चोक, दामोदर चोक, पुरानो बैंक रोड, मुख्य सडक हुँदै पत्रकार महासंघकै हलमा पुगेर समापन भएको थियो । र्यालीमा 'सबैखाले भारतीय हस्तक्ष्ाेप बन्द गर, स्वतन्त्रपूर्वक लेख्न देऊ, प्रेस स्वतन्त्रता जिन्दावाद' जस्ता नारा लगाइएका थिए । र्यालीपछि आयोजित अन्तक्रिर्यामा बोल्ने बक्ताहरुले भारतले बिभिन्न तरिकाले नेपालमाथि हस्तक्ष्ाेप गरिरहेको भन्दै त्यसको भत्र्सना गरेका थिए ।
पत्रकार महासंघका अध्यक्ष प्रताप रेग्मीले कुनै देशको राजदूत कर्पोरेट कम्पनीको बजार प्रबन्धक जस्तो भएर बोल्नु बिडम्वनापूर्ण र लज्जास्पद भएको बताए । उनले राजदूत सूदले आफ्नो हैसियत र जिम्मेवारी बाहिर गएर सञ्चार माध्यमहरुमाथि गरेको हस्तक्षेप नेपाली सञ्चारकर्मीहरुलाई सह्य नहुने धारणा राखे । नेपाली सञ्चारकर्मी भारतीय जनता र नेताहरुबिरोधी नभइ हेपाहा प्रबृत्तिको बिरोधमा मात्र सडकमा आएको बताए ।
नागरिक समाजका संयोजक टिकाराम रेग्मीले सूदलाई तत्काल फिर्ता बोलाउनुपर्ने माग गरे । आफ्नो जिम्मेवारी बाहेकको काम गर्ने सूदलाई फिर्ता बोलाउनु भारतीय जनता र सरकारका लागि हितकर हुने उनको धारणा थियो । भारत र नेपालबीचको सुमधुर सम्बन्ध कायम गर्न सूद फिर्ता हुनैपर्ने बिचार रेग्मीको थियो । उनले नेपालको स्वतन्त्र प्रेसप्रति हस्तक्षेपपूर्ण बक्तव्य दिनु नेपाल भारत सम्बन्धका लागि दुखद पक्ष रहेको बताए ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुखी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्त, गैरसरकारी संस्था जिल्ला समन्वय समितिका संस्थापक अध्यक्ष ऋषिराज जंगली, प्रेस युनियन दाङका संस्थापक अध्यक्ष रामप्रसाद पौडेल, प्रेस चौतारीका अध्यक्ष सबिन पि्रयाशन, प्रगतिशिल पत्रकार संघका अध्यक्ष महेश रिजाल र हरप्लेसका कार्यक्रम संयोजक बिनोद केसी लगाएतले भारतीय हस्तक्षेपको बिरोध गरेका थिए । News: ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS