काठमाडौं, भदौ १८ प्रधानमन्त्रीमा माओवादी नेतृत्वलाई सघाउने निर्णय लोकतान्त्रिक मधेसी मोर्चाबाटै गराउन मधेसी जनाधिकार फोरम र फोरम लोकतान्त्रिकले पहल थालेका छन्। बिहीबार फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलका सभासद् र नेतालाई भेटेर माओवादीसँग यसबारे वार्ता भइरहेको तर ठोस निर्णय भइनसकेको जानकारी दिँदै मोर्चाको समेत समर्थन जुटाउन पहल भइरहेको बताएका छन्।
भेटघाट भइरहेका छन्,' यादवले बिहीबार नागरिकसँग भने, 'तर कुनै निष्कर्षमा पुगिएको छैन, मोर्चाबाटै निकासको पहल भइरहेको छ।' फोरमभित्र माओवादी नेतृत्वमा सरकार बनाउन सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने पक्ष बलियो बनेको एक सभासद्ले बताए। 'हाम्रो पार्टीमा तटस्थ बस्नुहुन्न भन्नेमा अधिकांश सदस्यको निचोड छ,' उनले भने।
लोकतान्त्रिक मधेसी मोर्चाबाटै निर्णय गराउने पहलस्वरूप फोरमले अहिलेसम्म निर्णय नगरेको उनले बताए। 'अहिलेसम्म मोर्चाले अड्काएको हो, अब अड्काउँदैन, त्यसो गर्न खोजे मोर्चा विभाजित हुन्छ,' उनले भने।
यता, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अधिकांश सभासद् पनि मोर्चाको तटस्थता नीतिको विपक्षमा छन्। पाँचाँै चरणको प्रधानमन्त्री निर्वाचनपछि भदौ ७ को संसदीय दलको बैठकमा अधिकांश सभासद्ले २० गतेसम्म निकास निकाल्न नेतृत्वलाई दबाब दिएका थिए। फोरम लोकतान्त्रिकका सभासद् कौशलकुमार राय यादव ७ गतेको बैठकको पृष्ठभूमिमा २० गते निकास निस्कने विश्वास व्यक्त गर्छन्। उनले भने, 'यसपालि सरकार बन्छजस्तो छ,' उनले भने।
लोकतान्त्रिकका सभासद्हरू पार्टी अध्यक्ष विजय गच्छदारले पनि छैटौँ चरण प्रधानमन्त्री निर्वाचनसम्म मुलुकलाई निकास दिने आश्वासन दिएको बताउँछन्।
भदौ ७ को बैठकको आधारमा भदौ २० गते निकास निस्कने आशा फोरम लोकतान्त्रिककै प्रमोदप्रसाद गुप्ताले व्यक्त गरे। गुप्ताले भने, '२० गते तटस्थ नबस्ने भनेर अध्यक्षले भनिसक्नुभएको छ । हामी पनि त्यही चाहन्छौँ,' उनले भने।
नेपाल सदभावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण भने मोर्चाको बैठकले मात्र २० गतेको निर्वाचनबारे निर्णय लिने बताउँछन्। 'वार्ताहरू भएका होलान्, तर निर्णय मोर्चाले लिन्छ,' उनले भने। कर्णले मोर्चाको बैठक भदौ १९ गते बस्ने सम्भावना व्यक्त गरे। News: (नागरिक)
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS