TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

दुवै फोरम माओवादीलाई साथ दिने तयारीमा

काठमाडौं, भदौ १७ - मधेसी मोर्चाका दुई घटक भदौ २० को प्रधानमन्त्री चुनावमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन दिने अवस्थामा पुगेका छन्। माओवादीसँगको पछिल्लो वार्तापछि मधेसी जनअधिकार फोरम र फोरम लोकतान्त्रिकले तटस्थ रहने निर्णय पुनर्विचार गर्न लागेका हुन्।

माओवादी आफ्नो नेतृत्वमा सरकार बनेको एक साताभित्र वाइसिएललाई ब्यारेक बाहिर राख्न, एक महिनाभित्र कब्जा गरिएको सम्पत्ति फिर्ता गर्न र ८ हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्न सकारात्मक रहेको स्रोतले बतायो।
फोरम अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रूपमा मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए।
'पटक पटक वार्ता भएका छन्, पछिल्लो वार्तापछि एउटा सहमति बनिसकेको छ,' स्रोतले भन्यो, 'अन्यथा केही भएन भने भदौ २० गते कम्तीमा दुई फोरमले माओवादीलाई मत दिन्छन्।'
अहिलेसम्मको समीकरणका आधारमा माओवादी, दुवै फोरम, नेकपा संयुक्त, माले समाजवादी, राप्रपा नेपाल, नेपाल सद्भावना पार्टी (सरिता गिरी) र केही साना दलसमेत गरी दाहालले ३ सय १२ देखि १४ मत पाउने स्रोतको दाबी छ।
स्रोतका अनुसार मधेसी मोर्चाले अघि सारेको अवधारणामध्ये सेना समायोजन र शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा माओवादी सहमति बनेको छ भने संविधान निर्माण सम्बद्ध अन्य बुँदालाई दुवै फोरमले त्यागेका छन्।
'संविधान निर्माणका अन्तर्वस्तुका कुरा अन्य राजनीतिक दलसँग पनि सम्बन्धित भएकाले अहिलेलाई थाँती राखिएको हो,' वार्तामा संलग्न एक नेताले ती भने।
संविधानका अन्तर्वस्तुमध्येस्वायत्त मधेस प्रदेश र बहुदलीयतामा आधारित राजनीतिक प्रणालीलाई मधेसी मोर्चाले सर्तका रूपमा राख्दै आएका छन्।
फोरम प्रवक्ता रत्नेश्वरलाल कायस्थ लेमधेसी दलका उच्च नेतृत्व र माओवादीबीच भेटघाट भइरहेको स्वीकारे। 'केही दिनयता उच्चस्तरमा वार्ता भइरहेको छ,' उनले नागरिकसँग भने, 'ठोस निर्णय भइसकेको छैन। केही न केही नयाँ कुरा पक्कै हुनुपर्छ।' कायस्थले एमाले र माओवादीबीच पनि वार्ता भइरहेको जानकारी पाएको बताए।
फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक रामजनम चौधरीले भने १९ गते मात्र ठोस निर्णय हुने बताए। 'माओवादी नेतृत्वमा सहमति भइसकेको मलाई थाहा छैन,' चौधरीले भने, 'विभिन्न खेल भइरहेका छन्, तर केही भइहाल्ला जस्तो लाग्दैन।'
फोरम लोकतान्त्रिककै वरिष्ठ नेता शरदसिंह भण्डारीले पनि माओवादीलाई समर्थनबारे अनभिज्ञता प्रकट गरे। 'सहमति भए जस्तो लाग्दैन, फोरम मात्र होइन, मोर्चाको कुरा हो।'
चार मधेसी दलको मोर्चामा भने यसबारे छलफल भएको छैन। 'के भइराखेको छ, मलाई थाहा छैन,' मोर्चाको एक घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, 'मलाई केही हुन्छ जस्तो पनि लाग्दैन।'
फोरमका शीर्ष नेताहरू माओवादीसँगको पछिल्लो सहमतिबारे १, २ दिनमै मोर्चाको बैठक बोलाएर जानकारी गराउने र अन्य घटकको पनि समर्थन लिने प्रयासमा छन्। 'आज (बिहीबार) देखि मोर्चामा प्रस्ताव जान्छ,' फोरम नेताले भने, 'सकभर सिंगो मोर्चै सरकारमा जान्छ।'
माओवादीलाई समर्थन दिने कि नदिने भन्ने विवादकै कारण मोर्चाको संस्थागत संरचना बनाउने तीन सातादेखिको अभ्यास अहिले थन्किएको छ।  

विश्वमणि पोखरेल /  नागरिक

COMMENTS

RAMRAJA GHALE

foram party le prachanda bat kati karod ko offer payo ni yastale pani desh nanauchha ra

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info