काठमाडौ, भाद्र १० - नेपाली सेना सहभागी नहुने भएपछि बिहीबार तय भएको हतियार तथा सेनाको संयुक्त अनुगमन समिति (जेएमसीसी) को बैठक फेरी स्थगित गरिएको छ । संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को हतियार अनुगमनकर्ताको नेतृत्वमा रहेको समितिको बैठक लगातार रुपमा स्थगित भएको यो तेस्रो पटक हो ।
समितिमा नेपाली सेना र माओवादी सेनाका प्रतिनिधिहरुसहित ९ सदस्य छन् ।
'सैन्य भर्ती विषयलाई बैठकको एजेण्डामा नराख्न हामीले अनुरोध गरेका थियौं' सैनिक प्रबक्ता रमिन्द्र श्रेत्रीले भने, 'तर, त्यसलाई नहटाइए पछि हामीले बैठकमा भाग नलिने निर्णय गरेका हौं ।'
अनमिनका प्रबक्ता कसमस विश्वकर्माले पनि सेनाको अनुरोधमा बैठक स्थगित गरिएको जनाए । समितिमा नौ सदस्य छन् । यसले शिविरमा रहेका माओवादी लडाकु तथा कन्टेनरमा राखेको हतियार र त्यही संख्यामा कन्टेनरमा राखेको नेपाली सेनाको हतियार अनुगमनको समिक्षा गर्ने गर्दछ ।
पछिल्लो पटक नेपाली सेनाले सैन्य भर्ना खोले पछि विवाद पुन: सुरु भएको थियो । त्यसै सम्बन्धमा छलफलका लागि माओवादीका सदस्यहरुले समितिको बैठक बोलाउन माग गरेका थिए । तर, सेनाले उक्त विषयमा छलफल आफ्ना लागि मान्य नभएको बताउँदै आएको छ ।
अनमिन प्रवक्ता विश्वकर्माले अर्को बैठक कहिले बस्ने भन्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरेका छन् ।ईकान्तिपुर
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS