काठमाडौं, भाद्र ९ - प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी) सेना-हतियारको व्यवस्थापन गरी नागरिक पार्टीमा रुपान्तरण भएमा ऊ सँग हातेमालो गरेर जान सकिने बताएका छन् ।
गत जेठ १४ मा भएको तीनबुँदे सहमतिको पहिलो बुँदामै शान्तिप्रक्रियाको टुङ्गो लगाउने विषय रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले माओवादी नागरिक पार्टीमा रुपान्तरण भएपछि विश्वासको नयाँ वातावरण बन्ने विचार व्यक्त गरे ।
प्रधानमन्त्री नेपालले माओवादीले आफ्नो असङ्गत विचार, आचरण र चिन्तनमा सुधार गरेमा विश्वासको नयाँ वातावरण बन्ने पनि बताए । उनले भने "पहिला शान्तिप्रक्रियाका विषयमा छलफल र सहमति गरौँ, त्यसपछि को प्रधानमन्त्री बन्ने भन्ने कुरा सहजै हल हुन्छ ।"
राजनीतिकशास्त्र विद्यार्थी सङ्घद्वारा बुधबार राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री नेपालले बहुमत प्राप्त सरकारले राजीनामा दिएको दुई घन्टामै नयाँ सरकार बन्ने भनेर जादुमयी उद्घोष गर्नेहरू पाँचौपटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा पराजय हुँदा पनि गम्भीर नभएको आरोप लगाए ।
नयाँ सरकार बन्न नसक्दा देशको अन्तर्राष्ट्रिय छवि खस्केको र नेताहरूप्रति जनतामा वितृष्णा पैदा भएको उनको कथन थियो । राष्ट्रिय सहमतिका लागि नेकपा ९एमाले० ले अघि सारेको अवधारणापत्र आशलाग्दो भएको र त्यसलाई विश्वास नगरे समस्या उस्तै रहने बताउँदै उनले सहमतिमा आउन माओवादीलगायत सबै पार्टीलाई आग्रह गरे ।
त्यसैगरी, उनले लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैलाई स्वीकार्य हुने नयाँ र समावेशी संविधानका लागि युवा विद्यार्थीलाई निरन्तर सजग र निःस्वार्थ निगरानी गर्न अपिल गरे । कार्यक्रममा सभासद्हरू प्रदीप ज्ञवाली र लक्ष्मी परियारले संविधान निर्माण प्रक्रियामा युवावर्गलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घका अध्यक्ष राजेन्द्र प्रसाईँले लोकतान्त्रिक गणतन्त्रका धरोहरका रूपमा रहेका पार्टीहरूले नयाँ संविधान बनाउँदा युवाका भावनालाई समेट्नु पर्ने बताए ।
रासस
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS