काठमाडौ, श्रावण ९ - कांग्रेस अधिवेशन देशव्यापी रूपमा आइतबार सुरु हुँदैछ । त्यसका लागि राजधानीमा रहेका नेता आ-आफ्ना जिल्ला फर्केका छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनको निर्वाचन प्रभावित पार्ने हुँदा नेताहरू गाउँ तहदेखिकै निर्वाचनमा सक्रिय हुन जिल्ला-जिल्ला पुग्न थालेका हुन् ।
यसपालि केन्द्रीय महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधिले भाग लिनेछन् । कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा लड्ने सार्वजनिक गरिसकेकाले गाउँ अधिवेशनबाटै दुई पक्षबीच भिडन्त हुने भएको छ ।
७२ जिल्लाका झन्डै ४ हजार गाविस र नगरपालिकामा कांग्रेसको एकैसाथ निर्वाचन हुन लागेको हो । त्यसका लागि केन्द्रबाट निर्वाचन सामग्री र निर्वाचन अधिकृतहरू सम्बन्धित ठाउँमा पुगिसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए ।
प्रधानमन्त्रीको निर्वाचनका कारण साउन १७ गते हुने भनिएको जिल्ला अधिवेशन २७ गते सारिएको छ । केन्द्रीय समितिको आइतबारको बैठकले जिल्ला अधिवेशन सार्ने निर्णय गरेको
हो । क्षेत्रीय अधिवेशन भने साउन १५ मै हुनेछ । अधिकारीका अनुसार एक क्षेत्र मात्रै रहेका १६ जिल्लामा क्षेत्रका अतिरिक्त जिल्ला अधिवेशन पनि हुनेछ । अधिवेशन सकेर प्रधानमन्त्रीको निर्वाचनमा आउन कतिपय दुर्गम जिल्लाका सभासदलाई समस्या पर्ने भन्दै केही केन्द्रीय सदस्यहरूले क्षेत्रीय अधिवेशन पनि सार्नुपर्ने माग गरेका थिए । भक्तपुरमा क्रियाशील सदस्यता मिल्न बाँकी रहेको, कालीकोट र मुगुमा निर्वाचन अधिकृत र सामग्री शनिबारसम्म पुग्न नसकेकाले ती जिल्लाको निर्वाचन पछि तोकिने अधिकारीले बताए । उनका अनुसार गाउँरनगरका ४ हजारभन्दा बढी ठाउँमा हुने निर्वाचनमा ३ लाख १० हजार क्रियाशील सदस्यले प्रत्यक्ष भाग लिँदैछन् । कांग्रेसको सक्रिय सदस्यसमेत यसपालि उत्साहजनक रूपमा बढेको छ । नवीकरण गर्नेको संख्या १ लाख २८ हजार मात्रै छ भने
नयाँ सक्रिय सदस्यता लिनेको संख्या १ लाख ८२ हजार छ । तीमध्ये महिलाको संख्या सत्र प्रतिशत छ । कांग्रेस विधानअनुसार पार्टीमा साधारण र क्रियाशील दुई प्रकारका सदस्यता हुन्छन् । पार्टीको कार्यमा दैनिक संलग्न भई लगातार दुई वर्ष साधारण सदस्यता लिएको वा कुनै भ्रातृसंस्था वा शुभेच्छुक संस्थाको साधारण सदस्य भई लगातार चार वर्ष काम गरेको व्यक्तिले क्रियाशील सदस्यता पाउँछन् । क्रियाशील सदस्यहरूबाट नै गाउँरनगर अधिवेशन हुन्छ । महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम वा अल्पसंख्यक वा पिछडिएका वर्गु सहितको ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । त्यसरी निर्वाचित क्षेत्रीय प्रतिनिधिबाट क्षेत्र र जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन हुन्छ । क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय अधिवेशनमा मताधिकार प्रयोग गर्छन् । केन्द्रीय महाधिवेशन भदौको १० देखि १४ सम्म राजधानीमा हुँदैछ । साभार : कान्तिपुर
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS