युवराज गौतम
पशुपतिनगर साउन - भारतको दार्जिलिङसँग सिमाना जोडिएको इलामको पर्यटकिय सम्भावना वोकेको सिमावर्ती पशुपतिनगरमा रहेका ऐतिहाँसिक तथा पुरातात्विक महत्व वोकेका मन्दिरहरु संरक्षणको पर्खाइमा रहेका छन् । सरकारी वेवास्ता तथा स्थानीयबासीको सामुहिक एकता नहुँदा यहाँको ऐतिहासिक मन्दिरहरु भग्नावशेस वन्दै गएका हुन् ।
भारतीय तथा आन्तरिक पर्यटकहरुका निम्ति महत्वपूर्ण मानिने पशुपतिनगर स्थित ऐतिहासिक सिहंवाहिनी देवी मन्दिर तथा १०८ स्वामी सोमेश्वरनन्दको समाधीस्थलमा रहेको शिवालय मन्दिर वेवास्थाको शिकार वन्न पुगेको हो । सिहंवाहिनीसम्म जाने बाटो झाडीमा परिणत हुँदै गइरहेको छ । मन्दिरमा रहेका बहुमुल्य धातु तथा मुर्तिहरु असुरक्षित वन्दै गएका छन् । यस्ता धार्मिक महत्व वोकेका स्थलहरुको संरक्षणका लागि सरकारी तवरबाट कुनै प्रकारको सहयोग र पहल नभएपछि यहाँको पर्यटन फस्टाउन सकेको छैन् ।
वि.स. १८८६ भन्दा पहिले रानीबनले चिनिने पशुपतिनगरमा त्यसताका पनि नेपाल- भारत आवातजावत गर्ने प्रमुख नाका मानिन्थ्यो र पर्यटकहरुको आगमन भइरहने गर्दथ्यो । तर हाल यहाँ पर्यटकहरु भुलिने स्थान अभावमा पर्यटकहरुको आवगमन भनेजती बृद्धि हुन सकिरहेको छैन् । परापूर्वकालमा स्थानीय जुँगे झाँक्री नाम गरेका व्यक्तिले चिन्ता बसी फ्याकीएको त्रीसुल गाडिएको स्थललाई उत्खनन गर्दा शिला फेलापरेपछी हालको सिहंवाहिनि मन्दिर स्थापना गरिएको थियो । त्यसताका श्रद्धालुहरुको घुइचो मन्दिरमा लाग्ने गरे पनि हाल मन्दिर संरक्षणविहिन बनेपछि श्रद्धालुहरुको आगमन न्यून भएको छ । स्थानीय समाजसेवी लिलादेवी श्रेष्ठले आफ्नो निजी लगानीमा आठवर्षअघि केही संरक्षण गरेपनि हाल त्यसको निरन्तरता हुन नसक्दा मन्दिरले चर्चा पाउन छाडेको हो । स्थानीयस्तरबाट केही पहल भए पनि सरकारी निकायबाट आवश्यक सहयोग नजुटेकाले संरक्षण गर्न नसकीएको स्थानीय समाजसेवी मिलन क्षेत्रीले दुखेसो गरे । 'सरकारबाट केही सहयोग प्राप्त भए यन्य स्थानीय प्रयासमा संरक्षण र प्रचार गरि पर्यटक भित्राउने सोच छ ।' उनले भने ।
उता स्वामी सोमेश्वरनन्दको समाधी स्थल रहेको शिवालय क्षेत्र पनि संरक्षणविहिन भएको छ । भातरको गढवालमा जन्मिएर इलाममा शैक्षिक तथा धार्मिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेका थिए । तर अन्तिम लिला समाप्त भएको यहाँ स्थित आश्रम तथा समाधी स्थललाई तत्कालिन अवस्थामा संरक्षण गरिए पनि हाल यसको महत्व हराउँदै गएको छ । पशुपतिनगरमा रहेका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण जरुरी रहेको स्थानीय पत्रकार जीवन शर्मा वताउँछन् । अन्य पनि यहाँ धेरै पर्यटकीय सम्भावना रहे पनि पहिचान हुन नसक्दा यसले गती लिन नसकेको उनले वताए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS