काठमाण्डौ, ३ साउन - आफ्नो नेतृत्वमा सरकार बन्ने संम्भावना कम भएको खण्डमा एकीकृत माओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीका लागि र्समर्थन गर्ने निर्णय गरेको छ ।
कोटेश्वर स्थित पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारीहरूको बैठकपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीबाट दाबी यथावत रहेतापनि माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना कम भएमा एमाले अध्यक्षलाई र्समर्थन गर्ने निर्णय भएको बताए ।
खनालको नेतृत्वमा सरकार बनिहाले आफु त्यसमा सहभागी हुने नहुने कुरा भने माओवादीले अझै खुलाएको छैन् ।
COMMENTS