TODAY'S CARTOON

Todays Photo
Photo Gallery

सभासदहरूलाई सुविधा बढी भएकोमा नेपाल नागरिक समाजको आपत्ती

nepal nagarik samaj rally.jpg

काठमाण्डौ, २७ फागुन- जनताको काम भन्दा सुभासदहरूको सुविधा बढी भएको भन्दै नेपाल नागरिक समाजले त्यस प्रति आपत्ती प्रकट गरेको छ ।


 निर्धारित समय ०६७ जेठ १४ भित्र संविधान निर्माण गर्न आज काठमाण्डौको माईतिघर बाट संविधान सभा भवन नया बानेश्वर सम्म निकालिएको नागरिक सजगता र्‍यालीमा उनीहरूले दलहरूप्रति कडा आपत्ती प्रकट गरेका छन् । दुई बर्षअघि सागर कुमार पाठकको अध्यक्षतामा गठन भएको उक्त समाजले आज देश भरिका ६४ वटा जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्रमा जनआन्दोलनको मर्म र नागरिकको भवनाको घोर उपेक्षा गर्दै जनताको रगत र पसिनाबाट आर्जित राजस्वबाट  आफ्ना सुविधाहरू बढाउने, आफन्तहरूलाई पद र सुविधा वितरण गर्ने तथा व्यवस्थापिका संसद र संविधानसभामा सक्रिय नभई सुविधा मुखी मात्र भएकोले नागरिकहरू आफ्ना प्रतिनिधिहरूसग  आक्रोशित बन्दै गएको उल्लेख गरिएको छ । यस्तै पत्रमा नगरिकहरूले दिएको जनादेशलाई इमान्दारी पूर्वक समय भित्रै सम्पन्न गर्न सचेत हुन समेत सभासदहरूलाई आग्रह गरिएको छ ।

सभासदलाई सुविधा अति भो नागरिकको काम काम कति भो ? नागरिकको इच्छा विपरित जान पाईदैन संविधान निर्माण कार्य पर र्सार्न पाईदैन  जस्ता नारा सहित निकालिएको खबरदारी र्‍याली काठमाण्डौको माईतिघर हुदै नयाबानेश्वर हुदै संविधानसभा भवन परिक्रममा गरि कोण सभामा परिणत भई अन्त्य भएको थियो ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info