काठमाण्डौ, २७ फागुन- "मधुमेह रोग नियन्त्रण गरौ मृगौला बचाऔ" भन्ने मूल नारका साथ आज ५औ विश्व मृगौला दिवस मनाईदै छ ।
हाल विश्वमा रहेका १० मानिस बराबर १ मृगौला रोगी रहेको भन्दै चिकित्सकहरूले यस प्रति सचेत हुन सम्बन्धीत पक्षसंग आग्रह गरेका छन् । मृगौला दिवसको अवसरमा राजधानी लगायत देशका विभिन्न स्थानमा र्याली तथा चेतना मूलक कर्याक्रम गरिदैछ । मधुमेह तथा उच्च रक्त चाप मृगौला रोगको मुख्य कारण भएकाले यस रोगबाट बच्न अधिकत्तम पानी पिउनु पर्ने चिकित्सकहरूले बताउने गर्दछन् ।
यस्तै मृगौला दिवसको अवसरमा राष्ट्रिय मृगौला उपचार केन्द्रले काठमाण्डौको बनस्थलीमा निःशुल्क मृगौला परिक्षण शिविर समेत अयोजना गरेको छ । केन्द्रले शिविरमा मृगौला पिडितका लागि सहुलियत दरमा आजिवन औषधी व्यवस्था समेत गरेको छ ।
COMMENTS